राष्ट्रिय क्षयरोग सर्भेक्षण शिविरको नेता जम्शेद द्वारा उद्घाटन

रौतहट , मंशिर १७
देश भरि क्षयरोगको अवश्था बारे बुझ्न सुरु गरिएको सर्भेक्षण अभियान रौतहटमा सुरु भएकोछ l सदरमुकाम गौर नगरपालिकाको वार्ड नम्बर ६ सबगढ़ामा सोमबार देखि सो सर्भेक्षण शिबिरको उद्घाटन भएको हो l एक कार्यक्रमका बीच सो वार्डका अध्यक्ष शेख जमशेदले शिविरको उद्घाटन गर्नु भएको हो l रौतहट जिल्लाको सबगढ़ा , राजपुर फरहदवा र बड़हरवामा सो शिबिर सुरु गरिएको हो l राष्ट्रिय क्षयरोग केन्द्र ठिमी र जिल्ला जनस्वश्थ्य कार्यालयको सहकार्यमा संचालित सो शिविरको क्रममा करिब ६०० जनालाइ चेकजाँच गरिने शिविरमा सहभागी महेश साहले जानकारी दिनुभएको छ l सो शिबिर ४ दिन सम्म चल्ने छ l शिविरको क्रममा सर्वसाधारणको चेकजाँच भैरहेको छ l

Recommended For You

Leave a Reply