रौतहट प्रहरीलाई च्यालेन्ज दिदै चोरले चोर्यो अर्को मोटरसाइकल ।

अमित ठाकुर।रौतहट।मंसिर १७।
रौतहटको सुरक्षा ब्यवस्था अतिनै नाजुक बनेका छन। दिन रात प्रहरीको गस्ती हुदाहुदै पनि अाज जिल्ला प्रशासन कार्यालय अगाडिबाट चोरले रौतहट प्रहरीलाई च्यालेन्ज दिदै फेरि अर्को मोटरसाइकल चोरी गरेका छन। सुसदरमुकाम गौरमा रहेको जिल्ला प्रशासन कार्यालय अगाडि बौधिमाई नगरपालिकाको ईनर्वा टोलका सुबेन्द्र पटेलले ना.३८ प ४१७० नंबरको ग्लैम्बर मोटरसाइकल पार्किङ गरि निजी कामले कार्यालयमा जाने सो मोटरसाइकल चोरी भएको पिडितले जनाएको छ।भर्खर मंसिर ५ गते जिल्ला कारागारमा कार्यरत कर्मचारी सर्लाही जिल्लाका बिमल कुमार मिश्रले अाफ्नो डेरा अगाडि लगाएको पल्सर मोटरसाइकल चोरी भएको थियो।सप्ताह न बित्दै राष्ट्रिय बाणिज्य बैंक अगाडि बाट चोरी भएको थियो ।अाज जिल्ला प्रशासन अगाडि शस्त्र प्रहरी नेपाल प्रहरीको २४ घण्टा डिउटी रहदा पनि मोटरसाइकल चोरी हुदा प्रहरीलाई नै चोरले च्यालेन्ज दिएको बुझिन्छ ।प्रहरीको डिउटी चौतर्फी रहदा पनि चोर समुहले मोटरसाइकल चोरी गर्न सफल हुन्छन् अाखिर किन ?

Recommended For You

Leave a Reply