परिक्षा अनुगमनमा मेयर धर्मेन्द्र पटेल

रौतहट , मंशिर १९
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल बिद्यालय स्तरीय परिक्षाको अनुगमनमा जुट्नु भएको छ l सामुदायिक बिध्यलाय्हरुको शैक्षिक गुणस्तरीयता सुधारको लागि भन्दै मेयर पटेलले बुधवार नगर क्षेत्रका बिध्यलाय्हरुमा संचालित अर्ध बार्षिक परिक्षाको अनुगमन गर्नु भएको हो l परीक्षाको क्रममा मेयर पटेलले गुणस्तरीय शिक्षाको लागि अध्यनशील हुन् वहाले बिध्यार्थिहरुलाई आग्रह गर्नु भएको हो l सो हि क्रममा मेयर पटेलले परिक्षा मर्यादित र निष्पक्ष रूपमा सम्पन्न गर्न शिक्षकहरुलाई निर्देशन समेत दिनुभएको छ l काठमांडूमा आयोजित एक कार्यक्रमबाट फर्के लगतै मेयर पटेल सक्रिय हुनुभएको हो l नया संबिधान आइ सकेपछि माध्यमिक शिक्षा सम्मको शिक्षा नगरपालिकाको अधिकार क्षेत्र भित्र आएको छ l

Recommended For You

Leave a Reply