लैंगिक हिंशा रोक्न मांग गर्दै मेयरलाई ज्ञापन पत्र

रौतहट, मंशिर २१
बिभिन्न बहानामा लंगिकतामा आधारित हिंशा बढेको भन्दै सो लाइ रोक्न मेयरलाई ज्ञापन पत्र बुझाइएको छ l रौतहट जिलाको इश्नाथ नगरपालिकाका मेयर सन्तोष मेहतालाई स्थानीय महिला तथा किशोरीहरुको समुहले ज्ञापन पत्र बुझाएको हो l लैंगिक हिंशा बिरुद्धको १६ दिने अभियानको क्रममा स्थानीय इश्नाथ नगरपालिका वार्ड नम्बर ३ र ४ का महिला तथा किशोरीहरुले मेयर मेहतालाइ भेटि ज्ञापन पत्र बुझाएका छन् l अक्सफामको सहयोग र ग्रामिण बिकाश केन्द्र आर डि सी नेपालको आयोजनामा संचालित महिला र बालिका माथि हुने हिंशा बिरुद्धको अभियानपरियोजना अन्तर्गत रहेका स्थानीय छलफल केन्द्रका महिला हरुले ज्ञापन पत्र बुझाएको हो l ज्ञापन पत्रमा सो नगरपालिकाको औरियामा मदिराको अत्याधिक र खुल्ला व्यपार तथा सेवनले महिला तथा किशोरीहरु नराम्ररी प्रभावित बनेको र यसले हिंशामा समेत वृद्धि गरेको भन्दै मदिरा व्यापारलाई तुरन्त नियन्त्रित गर्नु पर्ने मांग गरिएको छ l यस्तै सोहि नगरपालिकाको मठियामा बाल बिबाहका घटना हरु अत्यधिक रहेता पनि स्थानीय सरकार मौन रहेको भन्दै सो लाइ तत्काल नियन्त्रण गर्नु पर्ने मांग गरिएको छ l
ज्ञापन पत्र बुझ्दै इश्नाथ नागरपालिकाका मेयर संतोष मेहता आफूहरु तुरंत कारवाही गर्ने प्रतिबध्दता ब्यक्त गर्नु भएको छ l स्थानीय सरकारको हैसियतमा आफुले सक्दो काम गर्ने वाहाले प्रतिवद्धता ब्यक्त गर्नु भएको छ l

Recommended For You

Leave a Reply