
रौतहट . मंशिर २१
गौर नगरपालिकाका मेयर अजय गुप्ताले बिकाश पत्रकारितामा जुट्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ l सुमिन्त्रा मिडियाको आयोजनामा सदरमुकाम गौरमा सुरु भएको फोटो पत्रकारिता तालिम्क्को उद्घाटन गर्दै मेयर गुप्ताले पत्रकार बिकाशको प्रमुख निगरानी कर्ता रहेको भन्दै सोहि अनुसारको ब्यबहार प्रदर्शन गर्न पत्रकारहरु संग आग्रह गर्नु भएको छ l मेयर गुप्ताले गौर नगरपालिकाले पत्रकारको बिकाशको लागि हर सम्भव सहयोगको लागि प्रतिबद्ध रहेको भन्दै सबैले मिलिजुली बिकाह्को लागि जुट्न जरुरि रहेको बताउनु भएको छ l गौर नगरपालिकाको आर्थिक सहयोग र सुमिन्त्रा मिडिया प्रा लि को आयोजनामा आइतवार देखि ३ दिने फोटो पत्रकारिता तालिम उद्घाटन गर्दै मेयर गुप्ताले सो कुरा बताउनु भएको छ l सुमिन्त्रा मिडिया प्रा लि को अध्यक्ष दिनेश संगमको अध्यक्षतामा भएको तालिमको उद्घाटन सत्रमा गौर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की , पत्रकार शैलेन्द्र गुप्ता ,शैलेन्द्र झा लगायातका संचारकर्मीहरुको उपस्थिति रहेको थियो l