क्रिकेट खेलदै रौतहटका किशोरी , १६ दिने अभियानको क्रममा रौतहटमा मानव साङ्ग्लो बनाइयो l

रौतहट , मंशिर २२
लैंगिक हिंशा बिरुद्धको १६ दिने अभियान रौतहटमा बिभिन्न काम गर्दै सम्पन्न भएको छ l अभियानको अन्तिम दिन रौतहटमा महिलाहरुले लैंगिक हिंशा बिरुद्ध मानव साङ्ग्लो निर्माण गरेको छ रौतहट जिल्लाको परोहा नगरपालिका नरकटियाका महिला तथा किशोरीहरुले लैंगिक हिंशा बिरुद्ध मानव साङ्ग्लो निर्माण गरि लैंगिक भेदभाव अन्त्य गर्न मांग गरेको छ l अक्सफामको सहयोग र ग्रामिण बिकाश केन्द्र रौतहटको आयोजनामा रौतहटमा संचालित महिला र बालिका माथि हुने हिंशा बिरुद्धको अभियान परियोजना अनतर्गत गठित सामुदायिक छलफल केन्द्रका महिला तथा किशोरीहरुले सो मानव साङ्ग्लो निर्माण गरेको हो l यस्तै तुलनात्मक रूपमा पछाडी मानिएका रौतहटका मधेशी र मुस्लिम किशोरीहरु पनि क्रिकेट खेल्न थालेको छ l परियोजना संग सम्बन्धित किशोरी तथा महिलाहरुले क्रिकेट खेल्न थालेको छ l घर बाट निस्कन लाज माने किशोरीहरु हाथमा ब्याट समाती क्रिकेट खेल्न थाले पछि ठुलै सामाजिक क्रान्ति हुन् लागेको परोहा नगरपालिका नरकटियाका वार्ड अध्यक्ष रघुनाथ प्रशादले बताउनु भएको छ l

Recommended For You

Leave a Reply