स्थानीय सरकारको अभ्याशमा जुट्दै राजदेवी नगरपालिका , बिभिन्न कार्यालयको अनुगमन

रौतहट , मंशिर २२
रौतहट जिल्लाको राजदेवी नगरपालिका स्थानीय सरकारको अभ्याश गर्न थालेको छ l नगरपालिकाको नगर प्रमुख धिरेन्द्र सिंह र प्रमुख प्रशासकीय अधिकृत दिलिप सिंह धामी सक्रिय भए संगै सो नगरपालिकाले स्थानीय सरकारको झल्को दिदैं अनुगमनका कामहरु अगाडी बढाएको छ l मंगलवार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप सिंह धामिकोक नेतृत्वमा नगरको वार्ड नम्बर ४ मा रहेको जनता सत्यनारायण माध्यमिक बिद्यालय बसतपुर , स्वाश्थ्य केन्द्र र आयुर्वेद कार्यालयको अनुगमन गरिएकोछ l सो क्रममा प्रमुख प्रशासकीय अधिकृत दिलिप सिंह धामीले ति कार्यालयहरुमा रहेको श्रोत साधनको अवश्था र चुनौतिको बारेमा समेत छलफल गर्नुभएको थियो l यस्तै कर्मचारीहरुलाई समयमा नियमित रूपमा कार्यालय आउन र सेवाग्राहीहरुलाई सहज ढंगले सेवा उपलब्ध गराउन निर्देशन दिनुभएको छ l अधिकृत धामीले नगरपालिकाले अबको दिनहरुमा बिकाशको साथै सुशासनमा समेत ध्यान दिने भन्दै गुणस्तरीय शिक्षा र स्वास्थ्य प्रमुख प्राथमिकता रहेको बताउनु भएको छ l निरीक्षणको क्रममा वार्ड नम्बर ४ का वार्ड अध्यक्ष भाग नारायण साह , उमाकान्त झा ,स्थानीय समाजसेवी राधेश्याम साह लगायातका हरुको सहभागिता रहेको थियो l

Recommended For You

Leave a Reply