प्रधानमन्त्रीले मागे राजपासँग सात दिन

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टीले उठाएका माग पूरा गर्न सात दिनको समय मागेका छन्।

राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोसहितको टोलीसँग सोमबार बालुवाटारमा भएको वार्तामा प्रधानमन्त्री ओलीले राजपाका माग पूरा गर्ने भन्दाभन्दै पनि नसकिएको बताए।

‘हामीले सांसद निर्वाचित रेशम चौधरीको सपथ, आन्दोलनकारीमाथि लागेका मुद्दा, बन्दीहरूको रिहाइका विषयमा सरकारको धारणा माग्यौं,’ अध्यक्ष मण्डलका नेता महतोले भने, ‘प्रधानमन्त्रीले सात दिन दिनुस्, म छलफल गरेर निर्णय गर्छु भन्नुभयो। हामी उहाँको जवाफ कुर्छौं।’

यसअघि वाचा गरेअनुसार मागहरू पूरा नगरेको भन्दै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको थियो।

‘प्रधानमन्त्रीले समय मागेपछि समर्थन फिर्ता लिने/नलिने निर्णय उहाँको जवाफमा भर पर्छ,’ महतोले भने।

Recommended For You

Leave a Reply