गौर नगर भित्रका सामुदायिक बिधालयहरुमा छात्राहरुलाई निशुल्क सेनेटरी प्याड उपलब्ध गराउने गौर नगरपालिकाको अभियान

रौतहट , पौष १०
शैक्षिक सुधारमा आफ्नो ध्यान केन्द्रित रहेको भन्दै गौर नगरपालिकाले अर्को नमुना काम को सुरुवात गरेको गरेको छ l गौर नगरपालिका भित्र रहेका सबै सामुदायिक बिद्यालयहरुमा अध्यनरत छात्राहरुले अब देखि निशुल्क सेनेटरी प्याड पाउने छ l गौर नगरपालिकाले आफ्नो बिशेष अभियानको क्रममा सो अभियानको थालनी गरेको हो l मंगलवार गौर नगरपालिकाको मेयर अजय गुप्ताले सो अभियानको थालनी गर्नु भएको हो l गौर नगरपालिकाको सभा कक्षमा आयोजित एक कार्यक्रमका बीच मेयर गुप्ता र प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीले संयुक्त रुपमा अभियानकोघतन गर्नु भएको हो l अभियानको उद्घाटन गर्दै मेयर गुप्ताले किशोरीहरुले भोग्दै आएको ठुलो समस्या अब समाधान हुने बताउनु भएको छ l बिद्यालयहरुमा प्याडको ब्यबस्था नहुँदा बर्षेनी सयौं बालिकाहरुको पठन पाठन प्रभावित भएको र कयौंको पढाइ समेत छुटिरहेको भन्दै नगर प्रमुख अजय गुप्ताले कार्यक्रमको बिशेष महत्व रहेको बताउनु भएको छ l प्रमुख गुप्ताले शिक्षामा सुधारको निमित पनि किशोरी शिक्षामा लगानी आवस्यक रहेको भन्दै नगरपालिकाले सुरु गरेको यस अभियानमा सबैलाई सहयोग गर्न आग्रह समेत गर्नु भएको छ l यस्तै सोहि कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशाकिया अधिकृत सुमन कार्कीले महिनावारी सरसफाईको आफनी महत्व रहेको भन्दै नगरपालिकाले सुरु गरेको यस्तो जान कल्याण अभियानको दायरा फराकिलो बनाउदै जाने बताउनु भयो l वहाले अभियानमा खट्ने शिक्षिकाहरुलाइ समेत अभियानमा सहयोग गर्न आग्रह गर्नुभएको छ l सुरु गरिएको अभियान निरन्तर चल्ने वहाले जानकारी दिनुभएको छ l
गौर नगरपालिकाले सुरु गरेको प्याड बितरण अभियानको लागि गौर नगर क्षेत्र भित्र रहेका मा बि तथा आधारभूत बिधालयहरुमा अध्यापनरत १२ जना शिक्षिकाहरुलाई फोकल व्यक्तिको रूपमा खटाएको छ l अभियानकै लागि नगरपालिकाले प्रत्येक बिध्यलाय्लाई १ – १ ओटा दराज उपलब्ध गराएको छ l

Recommended For You

Leave a Reply