ग्रामिण बिकाश केन्द्र को आयोजनामा सार्जनिक सुनुवाई कार्यक्रम सम्पन्न

रौतहट , पौष १०
रौतहट जिल्लामा कार्यरत रहेका ग्रामिण बिकाश केन्द्र नेपाल आर डी सी को आयोजनामा सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ l विश्वा शिक्षाको सहयोगमा संचालित संग संगै द लर्निङ्ग टुगेदर परियोजना अनतर्गत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ l मंगलवार सदरमुकाम गौरको होटेल सिया पैलेस मा आयोजित सार्वजनिक सुनुवाइको क्रममा संग संगै द लर्निङ्ग टुगेदर परियोजनाको साथै आर डी सी नेपालले संचालन गरिरहेको महिला र बालिका बिरुद्ध हुने हिंशा अन्त्याको लागि अभियान परियोजना , सुरक्षित पानि र विपद ब्यबस्थापन परियोजनाको बारेमा समेत प्रकाश पारिएको थियो l सो सार्वजनिक सुनुवाई कार्यक्रममा इश्नाथ , राजपुर , परोहा , राजदेवी र गौरका जनप्रतिनिधि, सेवाग्राही लगायतका हरुको उपस्थिति रहेको थियो l यस अघि संग संगै द लर्निङ्ग टुगेदर परियोजना अनतर्गत कटहरिया, गरुडा नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको थियो l

Recommended For You

Leave a Reply