स्थानीय विपद तथा जलवायु उत्थानशिल योजना बनाउने गौर प्रदेश नम्बर २ कै पहिलो नगरपालिका

रौतहट , पौष १०
रौतहट जिलाको गौर नगरपालिका स्थानीय विपद तथा उत्थानशिल योजना निर्माण गर्ने प्रदेश नम्बर २ कै पहिले नगरपालिका बनेको छ l बाढीजन्य विपदको उच्च जोखिममा रहेको गौर नगरपालिकाले विपद ब्यबस्थापनको लागि भन्दै योजना निर्माण गरेको हो l नेपाल रेडक्रसको प्राबिधिक सहयोगमा निर्माण गरिएको उक्त योजनाले आगामी दिनहरुमा आउन सक्ने विपदको जोखिम र क्षति नियन्त्रण गर्न मदत पुग्ने बिज्ञाहरुले बताएको छ l पश्चिमबात लाल बकैया र पुर्ब बात बागमती नदीले घेरिएको गौर नगरपालिका वर्षायाममा बर्षेनी उच्च जोखिममा पुग्ने गर्छ l यस्तै विश्वकै लागि समस्या बनेको जलवायु परिवर्तनको असर र प्रभावलाई घटाउन समेत सो योजनाले सहयोग पुग्ने बिस्वास गरिएको छ l

Recommended For You

Leave a Reply