बालिका शिक्षाको लागि प्रदेश सरकार हर सम्भव प्रयास गरिरहेको सामाजिक बिकाश मन्त्री साहको भनाइ

जनकपुरधाम, पुस १५ । प्रदेश नम्बर २ का समाजिक विकास मन्त्री नवल किशोर साहले प्रदेश भित्र बालिका शिक्षाको प्रभावकारिताको लागि हर सम्भव प्रयास गरिरहेको बताउनु भएको छ l प्रदेश सरकारद्वारा प्रत्येक सरकारी स्त्तरको विद्यालयमा छात्राहरुलाई नियमित अध्ययन अध्यापनमा रुचि बढाउन खाजा भत्ताको व्यवस्था गर्न लागेको बताउदै मन्त्रि साहले प्रदेश नमब्र २ को सर्वाङ्गिन बिकाशको लागि पनि बालिका शिक्षामा जोड दिनु पर्ने बताउभेको छ l । उनले भने, ‘जसरी छात्राहरु बिद्यालय जान्छन, सोही अनुपातमा उनीहरुलाई खाजा भत्ता उपलब्ध गराईनेछ, यसले घरपरिवारका साथै बच्चालाई स्कुल पढाउन जागरुकता जाग्नेछ । र नियमित पढाई भएपछि शिक्षाको स्तरमा समेत सुधार हुनेछ ।’ उनले थप्दै भने, ‘बालिकाको आमाको नाममा बैंक खाता खोलाएर रकम जम्मा गर्ने व्यवस्था गरेपछि छोरीको शिक्षामा सुधार आउँछ ।’
विश्व शिक्षाको सहयोग र ग्रामिण बिकाश केन्द्र आर डी सी को आयोजनामा संचांलन हुदै आएको संग संगै द लर्निङ्ग टुगेदर परियोजनाको समापन कार्यक्रमलाई सम्बोधन गर्दै वहाले प्रत्येक जिल्लाको १० वटा बिद्यालयमा छोरीको संख्या न्यून भएको त्यसलाई मध्यनजर गर्दै स्कुलमै अव नर्सको व्यवस्था समेत गर्न लागेको जानकारी दिए । उनले स–साना नानीहरुलाई सुरुवातको अवस्थामा हुने महिनावारी लगायत अन्य स्वास्थ्य समस्यालाई मध्यनजर गरेर नर्सको व्यवस्था गर्न लागेको समेत जानकारी गराए ।
मन्त्री साहले अवको आर्थिक वर्षमा महिला आत्म सुरक्षाका लागि प्रत्येक बिद्यालयमा ट्रेनिङ्गको अवस्था समेत गर्न लागेको बताए । उनले भने, ‘कुनै पनि छोरीचेली माथि आँखा लगाउन स्थित नआउन आत्मरक्षाको टे«निङ्ग सञ्चालन गर्न लागेको छ । यसले बलत्कारको घटनामा समेत कमी आउने विश्वास छ ।’
उनले प्रदेश २ सरकारले एउटा बच्चाको भ्रुण अवस्था देखि पोषण, स्वास्थ्य, नियमित जाँच देखि युवा अवस्था सम्मको अध्ययन अध्यापन जस्ता आवश्यक न्यूनत्तम प्रक्रियाका लागि आफु प्रतिबद्ध भएको बताएका छन् । एउटा आमाको गर्भमा भ्रुण अवस्था देखि मृत्यु सम्मको अवस्थालाई सबै नागरिक प्रतिबद्ध भएर पुरा गर्नका मन्त्री साहले आग्रह गरे । सोहि कार्यक्रम लाइ सम्बोधन गर्दै प्रदेश नम्बर २ का कृषि राज्य मन्त्रि योगेन्द्र राय यादवले बालिका शिक्षाको क्षेत्रमा विश्व शिक्षा र ग्रामिण बिकाश केन्द्रले खेलेको भूमिका स्वागतयोग्य रहेको बताउनु भएको छ l विश्वा शिक्षाका रुप श्री जोशीको अध्यक्षतामा भएको कार्यक्रममा विश्व शिक्षाका समिम अख्तर , बिबेक झा , मदन राम , आर डी सी का अध्यक्ष पारस हुस्सैन , कारकारी निर्देशक आलोक कुमार सिंह ,मोम्ताज राय भाट लगायतका हरुको उपस्थिति रहेको थियो l सो परियोजनाको क्रममा रौतहटमा, धनुषा , महोतरी र सर्लाहीमा गरि करिब २२ हजार बालिका बिद्यालय भर्ना भएको थियो l

Recommended For You

Leave a Reply