बाल संरक्षणका हरेक सवालहरु प्रति प्रदेश सरकार गम्भीर रहेको मन्त्रि साहको भनाइ ,

जनकपुर , पौष १६
प्रदेश नम्बर २ का सामाजिक बिकाश मन्त्रि नवल किशोर साहले प्रदेश सरकार बाल संरक्षणका हरेक सवालहरु प्रति गम्भीर रहेको बताउनु भएको छ l प्रदेश राजधानी जनकपुरको ग्रामिण प्रशिक्षण प्रतिष्ठानको सभा कक्षमा आयोजित नेपालको तहगत सरकारका संरचनामा बाल संरक्षणको सवाल बिषयक कार्यशाला गोष्ठीको प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै मन्त्रि नवल किशोर साहले प्रदेश सरकार संसद्को चालु अधिबेशन सत्र भित्रनै बाल संरक्षणका धेरै जसो सवाल समेटी बिधयकहरु पारित गर्ने बताउनुभएको छ l मन्त्रि साहले प्रदेश सरकार बालिका शिक्षा , बाल बिकाश र संरक्षणको लागि प्रतिबद्ध रहेको र लैंगिक रूपमा देखिएका असमानताहरु हटाउदै जाने प्रतिबध्ता ब्यक्त गर्नु भएकोछ l अक्सफामको सहयोग , आसमान र ग्रामिण बिकाश केन्द्र आर डी सी नेपालको समन्वय र सिविन नेपालको आयोजनामा आयोजित उक्त कार्यशाला गोष्ठीले प्रदेशले बाल संरक्षणका बिषयमा प्रदेश सरकारले बनाउने नीतिमा सहयोग पुग्ने बिश्वाश गरिएको छ l सोहि गोष्टीलाई सम्बोधन गर्दै कृषि ब्यब्श्था राज्य मन्त्रि योगेन्द्र राय यादवले प्रदेश सरकारले गर्ने काम हरुको प्रभाव केहि दिनमै जनताले महसुस गर्ने बताउनु भएको छ l मन्त्रि यादवले बाल बालिका गर्भाअवश्थामा आए देखिने सबै जिम्मेबारी सरकारको रहेको र प्रदेश सरकार आफ्नो दायित्व बाट पछि नहट्ने प्रतिबध्ता व्यक्त दिनु भएको छ l सोहि कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश संसद सुरीता साहले बाल बालिकानै देशको कर्नाधर रहेको बताउनु भएको छ l सिविन नेपालका कार्यक्रम निर्देशक कुमार भटराईको अध्यक्षतामा आयोजित कार्यक्रममा सिविन नेपालका भरत अधिकारि , तारक धिताल , सामाजिक बिकाश मन्त्रालयका सचिव देबिराम भण्डारी ग्रामिण बिकाश केन्द्रका अध्यक्ष पारस हुसैन , सिविनका निरिजना भट्ट लगायतका उपस्थिति रहेको थियो l

Recommended For You

Leave a Reply