मुख्यमन्त्री हट्ने कुरा निराधार रहेको मन्त्रि योगेन्द्र राय यादवको स्पष्टोक्ति

जनकपुर , रौतहट १६
प्रदेश नम्बर २ का भुमि ब्यबस्था कृषि राज्य मन्त्री योगेन्द्र राय यादवले प्रदेश सरकारका मुख्यमन्त्री हट्ने कुरा निराधार रहेकोक बताउनु भएको छ l यस युवा अभियान पत्रिका संग संछिप्त प्रतिक्रिया दिदै मन्त्रि यादवले केहि दिन देखि सामाजिक संजालहरुमा मुख्यमन्त्री हट्ने सम्बन्धि भैरहेको टिक्का टिप्पणी भ्रामक र कपोलकल्पित रहेको बताउनु भएकोछ l संघियता र पहिचान बिरोधि केहि व्यक्तिका समुहले प्रायोजित रूपमा भ्रामक हल्ला फैलाएको भन्दै मन्त्रि यादवले प्रदेश नम्बर २ मा रहेको फोरम – रा ज पा गठबन्धनको सरकार ५ बर्ष निर्बिबाद रूपमा चल्ने दावी गर्नु भएको छ l प्रदेश नम्बर २ का नागरिकहरुले सडक र निर्वाचन बाट समेत रा ज पा – फोरम गठबन्धनलाई अनुमोदन गरेको भन्दै जनता संग कुनै पनि धोका नहुने प्रतिबध्ता व्यक्त गर्नु भएको छ l प्रदेश सरकार र मुख्यमन्त्रीले अरु प्रदेश हरुको तुलनामा उत्कृष्ट काम गरिरहेको दावी गर्दै वाहाले केहि हताश मानशिकताका नेताहरुले संघियता असफल बनाउन लागि परेको बताउनु भएको छ l

Recommended For You

Leave a Reply