बाल बिबाहमा सहयोग गर्ने दोषीलाई कारवाही गर्न प्रहरी माहानिरीक्षक खनाल द्वारा प्रतिबद्धता

रौतहट , पौष २०
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले बाल बिबाह गर्ने गराउने वा सहयोग गर्ने जो सुकैलाई कारवाही गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ l रौतहट सदरमुकाम गौरमा आयोजित बाल बिबाह बिरुद्धको सामुहिक संकल्प सभाको प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै नेपाल प्रहरीका प्रमुख सर्बेन्द्र खनालले बाल बिबाहमा संलग्न हुनेहरु माथि कानुन अनुसारको कारवाही गर्न प्रहरी हरुलाई निर्देशन दिनु भएको छ l प्रहरी मह निरीक्षक खनालले तराई मधेशका जिल्ला हरुमा बिभिन्न कारणले भैरहेको बाल बिबाहका घटनाहरुलाइ सामान्य रूपमा लिन नसकिने भन्दै आफु हर क्षण सामाजिक रुपान्तरंको लागि प्रयास गरिरहने बताउनु भएको छ l सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले छोरी र छोरीले हासिल गरेको शिक्षा भन्दा अरु सम्पति कोही नभएको थोकुवा गरे ! बाल विवाह क़ानूनी अपराध भएकोले वाल विवाह गरेमा क़ानूनी कार्यवाही हुने चेतावनी दिदै बाल विबाह ,दाइजो प्रथा निर्मूल गर्न नेपाल प्रहरी प्रतिवद्ध रहेको बताए ! उनले भने पद माँ बहाल रहे सम्म तथा सेवा अवकाश भए पछि यो अभियानमा निरन्तर लागि रहने छू ! छोरीलाई छोरा सराह उच्च शिक्षा दिलाउन अभिभावकहरुलाई आग्रह गर्दै खनालले बाल विबाह रोक्न सवैको सहयोग सहकार्य अपरिहार्य रहेको बताए ! एक्लैले सामाजिक अपराधको रुपमा रहेका बाल बिबाह , दाइजो प्रथा ,महिला माथिको घरेलु हिंसा नियन्त्रण गर्न नसक्ने भएकोले बेटी पढ़ाउ बेटी बचाऊ अभियानमा नेपाल सरकार ,प्रदेश सरकार स्थानीय सरकार , नागरिक समाजका अगुवा , शिक्षक ,समाजसेवी , वुद्धिजीवी ,कलमजीवी पत्रकारहरुको सहयोग आवश्यक रहेको उनको कथन रहेको छ ! वाल विवाहको सुचना नेपाल प्रहरीलाइ दिनु पर्ने भन्दै प्रहरी महानिरीक्षक खनालले वाल विवाह गर्ने ,गराउनेलाइ सुचना पाउने वित्तिकै कार्यवाही गर्न मातहतका प्रहरी प्रमुखहरुलाई निर्देशन दिए ! वरिष्ठ प्रहरी उपरीक्षक भएका बेला करीव ६ वर्ष अगाडी वाल विबाह विरुद्धको कार्यक्रममा सहभागी भएका खनालले दोस्रो पटक वृहद् संकल्प सभामा सहभागी भएका थिए ! सामूहिक रुपमा गरिएको वाल विबाह उल्मूलनको संकल्पलाइ दृढ़ताका पालन गर्नलाइ सुझाव दिदै यो अपराधलाइ नियन्त्रण गर्ने अभियान सफल हुनेमा आफु विश्वस्त रहेको बताए ! प्रहरी महानिरीक्षक खनालले छोरीको विबाह २० वर्ष मुनि गरेमा मानव अधिकारको उलंघन हुने भएकोले २० वर्ष पारी विहे गर्नु पर्ने जिकिर गरे ! खनालले छोरा छोरी भविष्यको कर्णधार भएकोले विस वर्ष भन्दा मुनि विहे नगर्न शिक्षकहरुलाई विनम्रता पूर्वक आग्रह गरे ! खनालले डाक्टर ,इंजिनियर मात्र नभई प्रहरी निरीक्षक छोरीहरु बन्नू पर्ने धरना राखे ! २० वर्ष सम्मको उमेर शारीरिक ,मानसिक रुपमा विकास हुने ,खेलने पढ़ने समय भएकोले सानो उमेरमा विबाह गर्ने प्रचलन लाइ निरुत्साहित गर्दै दाइजो प्रथालाइ समाप्त पर्दे अघि बढ्नु पर्ने जोड़ दिए ! आजको बाल बालिका भोलीका देशको कर्णधार रहेको छ उनले भने मेरो २ जना छोरी रहेकोले २० वर्ष पछि विहे गर्ने प्रतिवद्धता जनाए ! गौर बाट शुरू भएको यो अभियान देश भरी जाने र भोलिको दिनमा रौतहट लगायत सवै जिल्ला बाल विबाह मुक्त बनने आशा र विश्वास व्यक्त गर्दै कार्यक्रममा सहभागी भएको मौका दिएकोमाँ आयोजकलाइ धन्यवाद ज्ञापन गरे ! कार्यक्रममा रेखा थापा फाउंडेशनका अध्यक्ष नायिका रेखा थापाले महिला ,बाल बालिकाहरुको सुरक्षा चुनौती पूर्ण बन्दै गएको बताए ! गर्भमा छोरीको हत्या गर्ने कार्यले दीनदीनै छोरीको संख्या काम हुदै गएको जिकिर गरिन ! नायिका थापाले बालिका सृस्टिको निर्माता रहेकोले छोरीलाई जन्म दिएर शिक्षा दीक्षा दिनु पर्ने जोड़ दिए ! छोरा जस्तै छोरीहरु पनि सवल र सक्षम हुन सकने भएकोले विभेद न गर्न सवै सित आग्रह गर्दै नायिका थापाले वाल विबाह रोक्नु पर्ने धरना राखे ! कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केंद्रीय सदस्य तथा प्रदेश २ का मुख्यमंत्री स्वच्छता अभियानका सरसफाई दूत रेवन्त झाले वाल विबाह सामाजिक ,क़ानूनी रुपमा दंडनीय अपराध रहेकोले यस्तो कार्य नगर्न अपील गरे ! छोरीलाइ राम्रो शिक्षा दीक्षा दिनु पर्ने जोड़ दिदै बाल विबाह उन्मूलनको महा अभियानमा जुट्नु पर्ने बताए ! कार्यक्रममा प्रदेश २ का नेपल प्रहरीका प्रमुख , प्रमुख जिल्ला अधिकारी , राजदेवी नगरपालिकाका प्रमुख धीरेन्द्र कुमार सिंह , यमुनामाई गाउपालिकाका अध्यक्ष श्री प्रसाद मुखिया लगायतका व्यक्तिहरुले वाल विबाह रोक्नु पर्ने जोड़ दिदै यो अभियानमा पूर्ण रुपमा लागि पर्ने प्रतिवद्धता जनाएका थिए ! समारोहका समापन मन्तव्य दिदै गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ताले यो अभियानमा गौर नगरपालिका सक्रीय रुपमा लागि परेको बताए ! वाल विबाह , दाइजो प्रथा , बोक्सी , घरेलु हिंसा ,जस्ता सामाजिक विकृति हटाउनु पर्ने सोचका साथ संकल्प सभाको आयोजना गरिएको बताउँदै मेयर गुप्ताले यस्ता सुन्दर ,स्वच्छ , पवित्र अभियान मा सवैले सहयोग गर्नु पर्ने आव्हान गरे ! सामाजिक विकास ,शिक्षाको सुधार , स्वास्थ्यको विकास , सामाजिक विकृति अन्धविश्वासको न्यूनीकरण पहिलो प्राथमिकता रहेको बताउँदै मेयर गुप्ताले नगरपालिका यस तर्फ कार्य बढाइसकेको बताए ! उनले भौतिक पूर्वाधारको विकास सँगै महिला सशक्तिकरण , बाल अधिकारको संरक्षण , वेरोजगारी समस्याको न्यूनीकरण गर्नु जरुरी रहेको टिपण्णी गरे ! सामाजिक विकृति हटाउनको लागि जनचेतना जगाउनु पर्ने एक मात्र विकल्प रहेको उहाको भणै रहेको थियो ! मेयर गुप्ताको सक्रियतामाँ पहिलो पटक गौरमा आयोजना गरिको वृहद् कार्यक्रममाँ तिनै स्थानीय तहमाँ रहेका विद्यालयका बाल बालिका शिक्षक ,शिक्षिका ,निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ! समारोहमाँ बाल विबाहले निम्त्याउने सकने समस्या ,हुन सकने प्रभाव , शारीरिक मानसिक तनाव झल्किने खालका विद्यालयका वाल वालिकाहरुले झांकी प्रस्तुत गरेका थियो ! आधारभूत विद्यालय बाल मंदिर , जी स्टार इंगलिश ,बोर्डिंग स्कुल ,कृष्णमार्षि इंगलिश ,बोर्डिंग स्कुल , लगायतका विभिन्न विद्यालयका बालबालिकाहरुले नाटक ,नृत्य ,प्रस्तुत गरेको आयोजक सस्थाले जनाएको छ ! बाल विबाह विरुद्धको अभियानमाँ सहयोग पुर्याउँदै आएका गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्की , यमुनामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर घिमिरे लगायत गौरं नगरपालिका वड़ा नम्बर १ का वड़ा अध्यक्ष भरत साह , २ का राकेश झा , ५ का राम स्वार्थ राय यादव सहित राजदेवी नगरपालिकाका वड़ा अध्यक्ष संजय कुमार यादव , राम नरेश यादव , यमुनामाई का वड़ा अध्यक्ष नन्दलाल यादव , अश्विनी यादव , समाजसेवी चिरंजीवी सिंह , संचारकर्मी राकेश कुमार यादव , धर्मेन्द्र कुमार साह , ग्रामिण बिकाश केन्द्रका अध्यक्ष पारश हुसैन लगायतका लाइ कदर पत्रबाट सम्मानित गरिएको थियो ! कार्यक्रमको सञ्चालन शिक्षा गणेश गिरीले गरेका थिए ! गौर नगरपालिका , राजदेवी नगरपालिका , यमुनामाइ गाउपालिकाको संयुक्त आयोजना र रेखा थापा फ़ाउन्देशन र ग्रामिण बिकाश केन्द्र आर डी सी नेपालको समन्वयमा आयोजित सो संकल्प सभामा प्रहरी प्रमुख खनालले भोजपुरीमा सम्बोधन गर्नु भएको थियो l

Recommended For You

Leave a Reply