स्वस्थ क्षेत्रमा लगानी गर्ने गौर नगरपालिकाको मेयर अजय गुप्ताको घोषणा , सपगढ़ामा सहरी स्वस्थ केन्द्रको उद्घाटन

रौतहट , पौष २५
गौर नगरपालिकाको मेयर अजय गुप्ताले आम नगरवासीको स्वास्थ्य अवश्थाको बारेमा गौर नगरपालिका पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ l गौर नगरपालिकाको वार्ड नम्बर ६ सपगढ़ामा बिहिवार सहरी स्वास्थ केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख मेयर अजय गुप्ताले गौर नगरपालिकाले शिक्षा र स्वस्थलाइ प्राह्मिकता दिएको भन्दै सर्व सुलभ रूपमा बिस्वस्नीय र गुणस्तरीय स्वाश्थ्य सेवा पुर्याउन प्रयासरत रहेको बताउनु भएको छ l यस्तै मेयर गुप्ताले सपगढ़ावासीको लागि एम्बुलेन्सको पनि चांडै ब्यबस्था गर्न लागेको बताउनु भएको छ l बिकाश निर्माणका कामहरु अगाडी बढाउन जग्गा आवस्यक रहेको भन्दै बिकाशको लागि हाते मालो गर्न आम सपगढ़ावासी संग आग्रह पनि गर्नुभएको छ l सोहि कार्यक्रमलाई सम्बोधन गर्दै गौर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत उप सचिब सुमन कार्कीले धन भन्दा स्वस्थ महत्वपूर्ण रहेको बताउदै टोल र समाजको सफाइमा जुट्न सबैलाइ आह्वान गर्नु भयो l
वार्ड नम्बर ६ का वार्ड अध्यक्ष शेख जम्शेदको अध्यक्षतामा भएको सो उद्घाटन सभामा सहायक प्रमुख जिल्ला अधिकारि धर्मानन्द जोशी , अनुसन्धानका अभिनव कुमार सिंह , नेपाल पत्रकार महासंघका अध्यक्ष रबिन्द्र कुमार साह , गौर नगरपालिकाका सबै वार्डका वार्ड अध्यक्षहरुको सहभागिता रहेको थियो l सो हि कार्यक्रमका बिचमा अस्पताल निर्माणमा सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो l कार्यक्रम अबधिमा गौरका जी स्टार र बाल मन्दिर बिद्यालयका बिद्यार्थीहरुले सांस्क्र्ति प्रस्तुति गरेको थियो l

Recommended For You

Leave a Reply