छोटो प्रक्रिया बाट पदपूर्ति हुने गरि १५–२० हजार कर्मचारीको विज्ञापन छिट्टै खुल्ने घोषणा

चैत १४, २०७५ काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनको काम सकिएको घोषणा गरेको छ । बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री लालबाबु पण्डितले समायोजनको काम सम्पन्न भएको घोषणा गरे ।

पत्रकार सम्मेलनमा मन्त्री लालबाबु पण्डितले रिक्त रहेका कर्मचारीको पदपूर्तिका लागि लोक सेवा आयोगमार्फत छिट्टै भर्ना खोल्ने बताए ।
अब छिट्टै १५ देखि २० हजार कर्मचारीको नयाँ भर्ना खोल्ने उनले बताए । आगामी आर्थिक वर्षभित्र कर्मचारी नियुक्त हुने गरी छोटो प्रक्रियाबाट कर्मचारी नियुक्तको पक्षमा आफू रहेको उनले बताए ।

संविधानमा प्रदेश लोकसेवा आयोग नबनेसम्म संघीय लोकसेवाले नै कर्मचारी भर्ना गर्ने व्यवस्था भएको बताउँदै उनले भने, ‘एक महिना अगाडि नै प्रदेश र लोकसेवा आयोगलाई नपुग दरबन्दी विवरण निकाल्ने र छोटो प्रक्रियाबाट यही आर्थिक वर्षभित्र कर्मचारी नियुक्त गर्ने र साउन १ गतेदेखि काममा खटाउने गरी तयारीमा लागिरहेका छौं ।’
मन्त्री पण्डितले समायोजनको काम कुशलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए ।

Recommended For You

Leave a Reply