देवाही गोनाही नगरपालिकाको दोस्रो नगर सभा सम्पन्न ,३५ करोड ३९ लाख ९५ हजारको बजेट पारीत हुँदै

रौतहट , ६ बैशाख २०७६
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको दोस्रो नगर सभा सम्पन्न भएको छ l मेयर धर्मेन्द्र प्रसाद पटेलको अध्यक्षतामा सम्पन्न नगर सभाको उद्घाटन सत्रमा नगर प्रमुख पटेलले ३५ करोड ३९ लाख ९५ हजार बराबरको बजेट प्रस्तुत गर्नु भएको हो l नगरपालिकामा लामो समय देखि नगर सभा सम्बन्धि अन्योलता रहेको थियो l पछिल्लो समयमा मेयर पटेलको अत्यधिक सक्रियता र समन्वय पछि नगर सभा सम्पन्न भएको हो l नगर सभाको उद्घाटन सत्रमा मेयर पटेलले नगरको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो l कृषिमा आधुनिकीकरण , लघु उधोग मार्फत स्थानीय स्तरमा रोजगारीको सृजना , बाताबरण सम्बर्धन , ब्यबस्थित सह्रिकरंको लागि आवस्यक मापदण्ड बनाउने , शिक्षा , स्व्श्थ्या र आन्तरिक पर्यटनको बिकाश लगातका नीति तथा कार्यक्रमहरु प्रस्तुत गरिएको थियो l
सभालाई संबोधन गर्दै मेयर धर्मेन्द्र पटेल ज्यूले जिल्लामा नै सबैभन्दा पछाडि नगर सभा भएकोले यस नगरलाई बिकास कार्यमा गति ल्याउनको निम्ति सहयोग गर्न सबै संग आग्रह गर्नु भएको थियो l बिभिन्न कारणले नगर सभा अत्यधिक ढिला भएको र अब आफु हरु युद्ध स्तरमा काम अगाडी बढाउने प्रतिबद्ता व्यक्त गर्नु भएको छ l सम्पूर्ण नगरवासीले सहयोग गरे आफुले आफ्नै कार्यकालमा नगरपालिका लाइ नमुना बनाउने बताउदै मेयर धर्मेन्द्र पटेलले नगर अन्तर्गतको सम्पुर्ण सामुदायिक बिधालय, अस्पताल एवं नगरपालिकामा CCTV क्यामरा जडान गरेर नै प्राविधिक जनशक्तीलाई प्रयोग गर्न सकिने बताउनु भएको छ।
क्षा, स्वास्थ्यको बिकास पछि, बजार व्यवस्थापन तथा प्रत्येक गाउँगाउँमा शुद्धीकरण पानी पिउनुको निम्ति हैण्ड पाईप (#चपा_कल) जडान, नाला सहित पक्की सडक ढलान गरेर नयाँ प्रविधि अपनाएर शहरीकरण द्वारा नै नगरको विकास गरेर रौतहट जिल्ला कैं एउटा सफल विकसित उत्कृष्ट नगरपालिका बनाउनमा सम्पुर्ण अग्रज महानुभाव संग आग्रह गर्नु भएको l
उक्त अवसरमा उपमेयर श्रीमती परनिया देवीले स्वागत गर्नुभएकी थिइन् l सभामा १ नं.को वडा अध्यक्ष श्री शेख नुरुल्लाह ज्यू, ४ नं.को वडा अध्यक्ष श्री रामप्रवेश पटेल ज्यू, ५ नं.को वडा अध्यक्ष श्री अत्यानन्द उपाध्याय ज्यू, ६ नं.को वडा अध्यक्ष ज्यू लगायतले नगरको बिकास होस तथा अधिवेशनको सफल्ताको कामना गर्नुभएको थियो ।

Recommended For You

Leave a Reply