चुनावमा भनेको भन्दा बढी काम गर्दै छु ; वार्ड अध्यक्ष अशोक यादव

रौतहट , बैशाख ६, २०७६
गरुडा नगरपालिका वार्ड नम्बर ६ का वार्ड अध्यक्ष अशोक यादवले आफुले चुनाबको बेला जनता संग गरेको वाचा भन्दा दोबर काम गर्ने बताउनु भएको छ l आफ्नो अहिले सम्मको कार्यकालमै अरुले गर्न नसकेको कामहरु गरि सकेको र चालु आर्थिक बर्षमा पनि बिकाश निर्माणका कतिपय आयोजनाहरु द्रुत गतिमा अगाडी बढी रहेको भन्दै वार्ड अध्यक्ष यादवले आफु निर्वाचित वार्ड नगर भरि मै नमुना हुने बताउनु भएको छ l वार्दले नगरपालिका बाट प्राप्त गरेको ९१ लाख बजेट भन्दा पनि आफुले संघिय सरकार बाट करिब १ करोड बराबरको बजेट ल्याको भन्दै जनताले महसुस हुने गरि काम भैरहेको बताउनु भएको छ l कृषिको आधुनिकीकरण , रोजगारी सृजना , महिला सशाकतिकरण लगायतको कामको लागि पनि बजेट बिनियोजन गरेको भन्दै वहाले आफुले सन्तुलित बिकाश गर्न खोजेको बताउनु भएको छ l

Recommended For You

Leave a Reply