दुर्गा भगवती गाउपालिकाको अर्को नमुना काम , अति बिपन्न डोम जातिको बसोबासको लागि घरको सिलान्यास

रौतहट , बैशाख ८
रौतहट जिल्लाको दुर्गा भगवती गाउ पालिकाले अति तल्लो मानिने कथित डोम समुदायको बसोबासको लागि भन्दै नमुना बस्ति निर्माण गर्न लागेको हो l
अाफुले गरेकाे प्रतिबद्धता स्मरण गर्दै दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष अरूण कुमार साह ३६ लाखको लगानीमा डोम समुदायका घर परिवारको लागि दलित बस्ती निर्माणको लागि अाज शिलान्यास गर्नुभएको छ । यो संगै सो नगरपालिका भित्र बसोबास गर्ने ६ घरपरिवारले पक्कि घर भित्र ब्यबस्थित बसोबास गर्ने भएको छ l गाउपालिका अध्यक्ष अरुण साहले चुनाव लड्ने बेलामा उक्त आस्वासन दिनु भएको थियो l घरबार विहिन भई बाटोमा फुसको टहरा बनाएर बर्षौ देखि बसोबास गरिरहेका डुम समुदायका लागि दुर्गा भगवती गाउँपालिकाबाट एकिकृत नमुना बस्तीको लागि आईतवार एक समारोहका विच शिलान्यास गरिएको छ ।
बर्षौ देखि गाउँ भन्दा बाहिर सडकको पेटीमा फुसको छाप्रो बनाएर जिवन गुजारा गर्दै आएका दुर्गा भगवती गाउँपालिका वडा नम्वर २ भलोहिया गाउँको उत्तरमा रहेको कैलाश पोखरीको छेउमा रहेको ३ कत्ठा जग्गामा पालिका अध्यक्ष अरुणकुमार साहले एकिकृत नमूना बस्तीका लागि आज एक समारोहका विच शिलान्यास गर्नु भएको हो ।
पालिकाको ३६ लाखको लागतमा निर्माण कार्य सम्पन्न यसै आर्थिक मसान्त भित्र सम्पन्न हुने लक्ष्य रहेको जानकारी दिदै अध्यक्ष साहले डुम समुदायको ६ जना परिवारलाई बसोबास गराउने बताए । प्रत्येक घर दुई वटा सुत्ने कोठा एक किचेन, एक हल शौचालय सहितको घर निर्माण हुने र एउटा सामुदायिक भवन उक्त रकमबाट निर्माण गरिने स्पष्ट पारे ।
सोही स्थानमा रहेका कैलाश पोखरीको जग्गामा गाउँ बाहिर रहेका डुम, मुसहर, तथा जग्गा विहिनहरुका लागि आउदो आर्थिक बर्षमा बसोबास गराउने योजना रहेको जानकारी दिदै उनले विभिन्न दात्री निकायहरुको सहयोगमा यहाँ एकिकृत नमूना बस्ती बनाई छरिएर बसेका लागि एक स्थानमा राखि व्यवस्थित बनाउने कार्यमा सवैको सहयोग अपरिहार्य रहेको अपिल गरे ।
निर्वाचनको समयमा डुम र मुसहर समुदाय संग गरिएको वाचालाई पुरा गर्दै अध्यक्ष साहले एकिकृत नमूना बस्तीमा बसोबास गर्ने उक्त समुदायका बालबालिकाहरु अनिवार्य रुपमा विद्यालय जानुपर्ने, बंगुर लिएर यत्रतत्र भौतारिनु नपर्ने, ति समुदायका लागि परमपरागत पेशालाई नयाँ ढंगबाट आधुनिकीकरण गरी उनीहरुको आय आर्जनमा वृद्धि गराउने लक्ष्य पालिकाले लिएको अध्यक्ष साहले बताए । डुम समुदायको लागि शिलान्यास गरिएपछि गाउँ भन्दा बाहिर सडक किनारमा बसोबास गरिरहेका ति समुदायको अव आफनै घर हुने भएकोमा उनीहरु हर्षित थिए l डोम जातिलाई कथित रूपमा सब भन्दा तल्लो जातिको रूपमा लिने गरिन्छ l

Recommended For You

Leave a Reply