हावाहुरी पिडित तथा विपन्न परिवालाई खाद्यान सामाग्री बितरण

बरा, जेष्ठ २ २०७६
ईस्लामिक रिलिफ नेपालको आर्थिक सहयोग तथा ग्रामीण विकास केन्द्र नेपाल रौतहट र डी सी को आयोजनामा बारा जिल्लको फेटा र परसौनी गाँउपालिकाको ८६२ बिपन्न घरधुरीलाइ खाध्यान सामग्री सहयोग गरिएको छ l विनाशकारी हावाहुरीमा परि घरवार बिहिन बनेका सो घरधुरीलाई खाद्यान वितरण गरिएको हो l इस्लाम धर्मावलम्बीहरुको पवित्र रामजान महिनाको अवसरमा इस्लामिक रिलिफ नेपालको आर्थिक सहयोगमा सो खाद्यान सामाग्रीहरु वितरण गरिएको हो l बैशाखको पहिलो हप्तामा आएको प्रलयकारी हावाहुरीबाट बरा जिल्लाको फेटा र पर्सौमी सब भन्दा बढी प्रभावित भएको थियो l यस्तै रौतहट जिल्लाको परोहा तथा बृन्दावन नगरपालिकाकोे १२१३ घरधुरीलाइ समेत सोहि खाद्यान सामग्री वितरण गरिएको छ l रामदान २०१९ को शुभ उपलक्ष्यमा हावाहुरी पिडित, गरिब, दलित, पिछडिएका तथा मुस्लिम परिवारहरुलाई खाद्यान सामाग्रीहरु बितरण गरिएको हो । उक्त वितरण कार्यक्रम वाट प्रति घरधुरी १० किलो चामल, २ किलो दाल, १.५ किलो पिठो, १ किलो चिनी, २ किलो चना, १.५ लीटर तेल, ०.५ किलो खजुर र ७५० मि.लि. जुस (सर्वत) बितरण गरिएको आर डी सी नेपालका कार्यकारी निर्देशक आलोक कुमार सिंहले बताउनु भएको छ । हावाहुरी प्रभावित धरधुरीहरुलाई यस वितरणले केही सहयोग भएको तथा गरिब, दलित, पिछडिएका मुस्लिम परिवारहरुलाई रमदान महिनामा वर्त बस्दा पौष्टिक आहारको कमीलाई सहयोग हुने बरिष्ठ कार्यक्रम अधिकृत श्री कञ्चन शाह ज्यूले वताउनुभयो ।

Recommended For You

Leave a Reply