परियोजना सल्लाहकार समितिको गठन

रौतहट , जेष्ठ २ ,२०७६
ग्रामिण बिकाश केन्द्र आर डी सी नेपालले संचालन गरिरहेको सामाजिक सद्भाव र लोकतान्त्रिक सहभागिता परियोजना संचालनको लागि नगर स्तरिय परियोजना सल्लाहकार समितिको गठन भएको छ l बिहिवार युएनडिपिको सहयोग, चन्द्रपुर नगरपालिकाको आयोजना तथा आरडिसि नेपालकाे सहजिकरणमा भएको एक कार्यक्रमका बीच सो समितिको गठन भएको हो l उक्त समिति गठनको क्रममा चन्द्रपुर् नगरपालिका मेयर रामचन्द्र चौधरी, उपमेयर रामरति चौधरी, वडा अध्यक्षहरु, नगरपालिकाका कार्यकारी अधिकृति, युएनडिपि प्रदेश न.२ को कार्यक्रम संयोजक श्री अर्जुन कुशवाहा र आरडिसी नेपालको कार्यकारीणी सदस्यहरु तथा कार्यकारी निर्देशक समेतको उपस्ति रहेको थियो । कार्यक्रमको मुख्य उदेश्य यस नगरपालिकामा सञ्चालनमा रहेका विकासको कार्यक्रमहरुको अनुगमन तथा सुझाव सल्लाह दिनुको साथै नगर भित्र स्रोतसाधनको समान रूपमा सेवाग्राहीलाइ पहुच तथा वितरणा गराइ विकासमा सहयोग पुर्याउने रहेको आर डी सी नेपालका कार्यकारी निर्देशक आलोक कुमार सिंहले बताउनु भएको छ । सहभागीहरूको नगर स्तरीय परियोजना सल्लाहकार समितिको बारेमा राखेका जिज्ञास बुझन पाएको र अगामी दिनहरूमा नयाँ परियोजनाहरू सञ्चालन गर्न सहज हुने जिकिर गर्नुभयो ।

Recommended For You

Leave a Reply