रामजानको अवसरमा खाध्यान वितरण

रौतहट ७ जेष्ठ २०७६

कतार चैरिटी नेपालको आर्थिक सहयोग तथा ग्रामीण विकास केन्द्र नेपाल रौतहट र डी सी को आयोजनामा रौतहट सदरमुकाम गौरमा इसलाम धर्मावलम्बीहरुलाई खाध्यान वितरण गरिएको छ l इस्लाम धर्मावलम्बीहरुको पवित्र रामजान महिनाको अवसरमा कतार चैरिटी नेपालको आर्थिक सहयोगमा सो खाद्यान सामाग्रीहरु वितरण गरिएको हो l रौतहट जिल्लाको गौर नगरपालिकाका १२९ घरधुरीलाइ सो खाद्यान सामग्री वितरण गरिएको हो l रामदान २०१९ को शुभ उपलक्ष्यमा पिछडिएका तथा मुस्लिम परिवारहरुलाई खाद्यान सामाग्रीहरु बितरण गरिएको हो । उक्त वितरण कार्यक्रम वाट प्रति घरधुरी २५ किलो चामल,५ किलो पिठो, ३ किलो चिनी, ३ किलो चना,५ लिटर तेल, १ किलो नुन बितरण गरिएको आर डी सी नेपालका अध्यक्ष पारस हुसैनले बताउनु भएको छ l

Recommended For You

Leave a Reply