गौर नगरपालिकालाइ बालिका मैत्री नगरपालिका बनाउने मेयर अजय गुप्ताको प्रतिबद्धता

१७ जेष्ठ २०७६ शुक्रवार
गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ताले गौर नगरपालिका गौरको छोरीहरुको लागि हर सम्भव प्रयास गरिरहेको बताउनु भएको छ l सदरमुकाम गौरको राइस मिलमा आयोजित प्रथम बेटी सम्मेलनलाई सम्बोधन गर्दै मेयर गुप्ताले गौर नगर्पालिकल्लाई बालिका मैत्री नगर निर्माण गर्ने आफ्नो योजना रहेको र सबैले आवश्यक सहयोग गर्नु पर्ने बताउनु भएको छ l गौर नगरपालिकाको आर्थिक सहयोग र यु एन एफ पी ए तथा आर डी सी नेपालको सहकार्यमा गणतन्त्र दिवसको अवसरमा सो बेटी सम्मेलन आयोजना गरिएको थियो l
यस्तै सोहि कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि सांसद अनिल कुमार झाले छोरि हरुको भबिश्य प्रति राज्यलाई गम्भीर बन्नु पर्ने भन्दै समाजलाई समेत उदार बन्न आह्वान गर्नु भयो l कार्यक्रममा युएनएफ का भवनाथ झा, आर डी सी का आलोक कुमार सिंह लगायातकाहरुले सम्बोधन गर्नु भएको थियो l कार्यक्रममा उप प्रमुख किरण ठाकुरले स्वागत मन्तब्य राख्नु भएको थियो l

Recommended For You

Leave a Reply