
काठमाडौं। जेष्ठ २५।
गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा बोल बम काँवरिया संघले नेपाल सरकार द्वारा राजश्व छुटमा खरिद गरिएको एम्बुलेन्सको शुक्रबार उद्घाटन गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ५ अर्घौतेश्वर, बाहुनधारामा एक कार्य्रक्रमका बीच उक्त एम्बुलेन्सको उद्दघाटन गरिएको हो।उक्त एम्बुलेन्स उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री एबम प्रतिनिधि सभा सदस्य माननीय गगन कुमार थापा रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिकाका नगर प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुबेदी, वडा नं ९ का वडा अध्यक्ष राजिब थापा, वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, समाज सेबी दीपकसिंह भण्डारी बोल बम बोल बम काँवरिया संघका छोटे लाल शाह,लगायत बोल बम काँवरिया संघका पदाधिकारी, बिभिन्न महिला संघका पदाधिकारी,र स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।कार्यक्रमको अध्यक्षता बोल बम काँवरिया संघका अधय्क्षराम आज्ञा रोनियारले गरेका थिए।कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै पुर्व स्वास्थ्य मन्त्री एबम प्रतिनिधि सभा सदस्य माननीय गगन कुमार थापाले आयोजकलाइ धन्यबाद दिदै एम्बुलेन्सले स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउने बिश्वास ब्यक्त गरे। उनले आफु स्वास्थ्य मन्त्रि हुँदा आफुले उक्त एम्बुलेन्स खरिद को लागि समन्वय गरेको स्मरण गर्दै उक्त एम्बुलेन्सले गुणस्तरीय सेवा प्रदान गरोस भन्ने शुभकामना ब्यक्त गरेका थिए । उनले गोकर्णेश्वर नगरपालिकाआ बोल बम धाम निर्माण गर्न लागिएको थाहा पाउदा खुसि लागेको बताउदै आफ्नो तर्फ बाट सो धाम निर्माणको लागि के कस्तो समन्वय आवश्यक रहन्छ त्यसमा सहयोग गर्ने पनि बताएका थिए ।भने मधेसबाट काठमाडौं उपचार गराउन अाउँदा कुनै कारण बस मृत्यु भएको अथवा सकुशल उपचार गराई घर फर्किने बेला गरिव असहाय पिछडिएका ब्यक्तिहरुलाई सो एम्बुलेन्स ड्राइभरको भत्ता र लाग्ने डिजेलमा नै घर पुगाउने बताउनु भएको हो।