आफुले गरेको काम देखेर बिपक्षी तर्सेको मेयर धर्मेन्द्र पटेलको आरोप , प्रशासकीय अधिकृत रजक पार्टीको कार्यकर्ता बनेकोले नगर सभा हुन् नसकेको दाबि l

रौतहट, जेठ २५ ।
रौतहटको देवाही गानाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेलले गत बर्ष आफुले गरेको काम देखेर बिपक्षीहरु तर्सेको आरोप लगाउनु भएको छ l शनिवार गौर स्थित आफ्नी निजि निवासमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मेयर पटेलले सो कुरा बताउनु भएको हो l मेयर पटेलले केही अदृश्य शक्ति र प्रमुख प्रशासकीय अधिकृत मनोज रजकको गोलमटोको कारण नगरपालिकाको काम ठप्प भएको आरोप लगाउनु भएको छ । वहाले देवाही गोनाही नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत मनोज रजक एक पार्टी कार्यकर्ताको रूपमा गरिरहेको आरोप समेत लगाउनु भएको छ l ” कर्मचारीलाई जुन खालको तटस्थता अपनाउनु पर्ने हो त्यो नअपनाई ने का प को कार्यकर्ताको रूपमा काम गर्न थाले पछि समस्या उत्पन्न भएको छ ” मेयर पटेल को आरोप रहेको छ l
नगर प्रमख पटेलले, रौतहट सदरमुकाम गौरमा पत्रकार सम्मेलन गर्दै, क्षेत्र नं. तिनका नेकपाका नेताहरुले आफ्नो राजनैतिक स्वार्थ र मलाई बदनाम गराउने उदेश्यले नगरपालिको नगरसभा हुन नदिएकोको बताए । बैशाख ६ गते गरिएको नगर सभाको खुल्ला सत्र, हाल सम्म उप प्रमुख सहित नेकपाका निर्वाचित वडा अध्यक्ष, सदस्यहरुले नियम विपरितको डिमान्ड गर्दै कुनै पनि हाल्तमा सभा सफल गर्न नदिने उदेश्यले आजको दिन सम्म सम्पन्न गर्न नदिएको र उल्टै आफु माथी विभिन्न आरोप लगाएको भन्दै नगर प्रमुख पटेलले शुक्रवार मेरो कार्य कक्षमा तला लगाउने प्रयासलाई नगरका आम नागरिकले असफल पारेको बताए ।
शुरु देखि नै मेयरलाई असफल पार्ने सड्यन्त्रका साथ अगाडी बढी रहेको नेकपाका जनप्रतिनिधिहरुको कारण नगरको विकास हुन नसकेको र यस आर्थिक वर्षको सर्शत बजेटहरु लगभग फ्रिज हुने भएको भन्दै नगर प्रमुख पटेलले, प्रमुख प्रशासकीय अधिकृत मनोज रजकले कानुन विपरित कामहरु गरेकै कारण आज सम्म नगर सभा हुन नसकेको आरोप लगाए ।
प्रमुख प्रशासकीय अधिकृत मनोज रजकले कार्यालय नआउने , कानुन विपरित नगर सभा सम्पन्न नहुदै अन्य नगरपालिकाका अध्यक्ष भएको मधेशी संस्कृती संग्रालयको नाममा देवाही गोनाही नपा वार्ड नं. ८ मा संग्रालय बनाउन आएको १ करोड बजेटलाई १ करोड १२ लाखको टेन्डर गरि सम्झौत गरि सकेको, मेरो अनुपस्थीतमा नगर सभाको रजिस्टर उप प्रमुखले भन्ने अनुसारको नियम विपरितको योजनाहरु राखी नेकपाबाट निर्वाचित कार्यपालिका केही सदस्यहरुको हस्ताक्षर गराई उल्टै मैले प्रमाणित गरेन आरोप लगाउदाँ आफु अत्यन्त दोधारमा फसी सकेकोले तत्कालै अधिकृत मनोज रजकलाई सरुवा गरि दिनु मन्त्रालयलाई आग्रह गर्दा गर्दै कुनै सुनवाई नहुनु अदृश्यक शक्तिले नगरपालिका वर्वाद गर्ने खोजेको प्रमुख पटेलले आरोप लगाए ।
सघिय मामिला तथा स्थानिय विकास मन्त्रालयका सचिव यादवराज कोईराला सहितका सचिवहरु संग आफुले ६–७ चोटी लिखित र मौखित प्रमुख प्रशासकीय अधिकृत मनोज राजक गतिलो नभएकोले नगरपालिका अस्तव्यत भएको हुना तत्कालै सरुवा गरि अरु कुनै अधिकृत पठाई दिन भन्ने पनि त्यस्को साटो उल्टै राजकलाई पुरस्कार स्वरुप दुईटा नगरपालिकाको जिम्मा दिनु मन्त्रालयले पनि नगरपालिका संचालनमा अवरोध गरि रहेको नगर प्रमुख पटेलले आरोप लगाए ।
जनतले दिएको म्यान्डेड आफुले परा नगर्दा आफु अत्यन्त दुखि रहेको भन्दै, नगर प्रमुख पटेलले वितेको आर्थिक वर्षमा राम्रो र गुणस्तीय कामहरु गर्दा नेकपाका जनप्रतिनिधिहरुलाई नपेचेको र यस पाली पनि राम्रो कम गर्यो भन्ने हाम्रो पसल बन्द हुने डरले नगर सभा सम्पन्न हुन दिएको समेत आरोप थियो ।
अन्य नगरपालिकाको हाकीम परिर्वातन हुनु र देवाही गोनाही नगरपालिको असफल हाकीम मनोज रजक परिर्वतन नहुने नेकपाका नेताको ठुलो सडयन्त्र रहेको बताए ।

Recommended For You

Leave a Reply