युवा अभियन्ता चंचल झाको अर्को प्रयास , प्रहरी बिटको मांग

रामविश्वास मुखिया
रौतहट । असार २ । बिभिन्न सामाजिक अभियानहरुमा सक्रिय रहनु भएका युवा पत्रकार चंचल झाले अर्को प्रयास थाल्नु भएको छ l रौतहट जिल्लाको पहिलो नगरपालिकाको रुपमा रहेको गौर नगरपालिका वडा नम्बर दुईमा रहेका श्री जुद्ध माध्यमिक विद्यालय क्षेत्रमा प्रहरी सहितको प्रहरी बिटको लागि ज्ञापन पत्र बुझाई नया अभियान को थालनी गर्नु भएको हो ।
पछिल्लो समयमा देशनै स्थिरता तर्फ बढि रहदाँ रौतहट जिल्लाको शान्ति सुरक्षाको अवस्थामा भएको सुधार स्वागतयोग्य रहेको भए पनि सदरमुकाम गौरमा गैंग फाईट,लागु पदार्थ सेवन , छात्रा जिस्काउने लगायतका गतिविधीहरुको कारण जनजिवन असहज हुदैँ आएको छ ।
केहि असमाजिक युवाहरुको छुट्टा छुट्टै समुहहरु विद्यालय समयमा छात्राहरुलाई लक्षित गरी गर्ने अश्लील व्यवहार अहिले सदरमुकाम गौरमा ठुलो चुनौती बनेकोले गौर नगरपालिका वडा नम्बर दुईका वडाध्यक्ष राकेश झा र युवा पत्रकार तथा समाजिक अभियन्ता चञ्चल कुमार झाले संयुक्त रुपमा गौर नगरपालिकाका प्रमुख मेयर अजय कुमार गुप्ता र जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीलाई ज्ञावन पत्र बुझाएका हुन् ।
गौरमा रहेको श्री जुद्ध माध्यमिक विद्यालय आसपासका क्षेत्रमा केहि असमाजिक र लागु पदार्थ सेवन गर्ने ट्यापे जस्ता देखिने युवाहरुको छुट्टा छुट्टै समुहहरुबाट उच्छृंखल गतिविधी बढेको र विद्यालय उमेर समुहका छात्राहरुलाई नियमित पठन पाठनमा असहजता भई रहेको स्थानियहरु बताएका छन् ।
विद्यालयको वरिपरि तथा अलपत्र रहेको जुद्ध माविको छात्रावास तथा निर्माण भएको वर्षौ वितिसक्दा पनि संचालनमा न आएको जुद्ध क्याम्पस नजिक दिनहुँ लागु औषध सेवन गर्ने युवाहरुको समुहले गर्दा त्यस क्षेत्रमा बसोवास गर्ने स्थानियवासीहरुलाई असहज हुदैँ आएको छ ।
साथै त्यस क्षेत्रमा पटक पटक चोरीको घटना समेत सार्वजनिक भएकोले प्रहरीको डिउटी भए चोरीको घटनामा कमी आउनुको साथै त्यस्ता उच्छृंखल गतिविधी गर्ने समुहको अड्डा नै समाप्त हुने विश्वासका साथ ज्ञापन पत्र बुझाईएको छ ।
विगत केहि समय देखि श्री जुद्ध क्याम्पस र विद्यालयको अलपत्र छात्रावास आसपासका क्षेत्रमा आगुऔषध सेवन कर्ताको अड्डा नै बनेको कारण त्यस क्षेत्रमा स्थायी रुपमा प्रहरीको डिउटीको आवश्यकता रहेकोले हामीले ज्ञापन पत्र दिएकाछौँ युवा अभियन्ता तथा स्थानिय पत्रकार चञ्चल कुमार झा बताए ।

Recommended For You

Leave a Reply