लोकसेवाको विज्ञापनबारे सर्वोच्चले दियो यस्तो आदेश

काठमाण्डु, ४ असार – सर्वोच्च अदालतले समावेशीताको आधारमा पुन बिज्ञापन गर्न लोकसेवा आयोगलाई आदेश दिएको छ ।

न्यायाधीशद्वय दिपककुमार कार्की र डम्बरबहादुर शाहीको इजलासले लोकसेवा आयोगको बिषयमा परेको रिट सम्बन्धमा सो फैसला सुनाएको हो ।

आयोगले यसपटक ५१५ स्थानीय तहका लागि विभिन्न नौ हजार १६१ पदका लागि आवेदन फाराम माग गरेको थियो । जसमा हालसम्म १ लाख ६५ हजार भन्दा धेरैले आवेदन दिइसकेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकसेवाको विज्ञापन समावेशी नभएको भन्दै रद्ध गर्न माग गरेका छन् । प्रचण्डले विज्ञापन संविधान विपरित भएको भन्दै मन्त्री लालबाबु पण्डितसँग गर्ने बताएका छन् । साभार KATHMANDUTODAY.COM

Recommended For You

Leave a Reply