बडहरवाको चार सय बाढ़ पिडितलाइ राहत वितरण

रौतहट , श्रावन ५
बाढले सब भन्दा धेरै प्रभावित भएको बडहरवाका करिब चार सय घर परिवारलाई राहत वितरण गरिएको छ l केयर नेपाल र ग्रामिण बिकाश केन्द्र आर डी सी नेपालले संयुक्त रूपमा सो पिडित गर परिवारहरुलाई राहत उपलब्ध गराएको हो l बाढी पछि सरसफाईको अवस्था ठिक नरहेको र महिला तथा किशोरीहरु समेत जोखिममा रहेको भन्दै सो चार सय परिवारलाई राहत स्वरूप सरसफाई सामग्री ,मर्यादा सामग्री र बसोवास सामग्री वितरण गरिएको हो l अषाढको अन्तिम हप्ता परेको अविरल पानि र त्यस पछि आएको विनाशकारी बाढीमा परि दुर्गा भगवती गाउपालिकाको वार्ड नम्बर ५ मा रहेको सो टोलमा ब्यापक क्षति भएको थियो l करिब ४०० घरपरिवार पूर्ण रूपमा प्रभावित भएको थियो भन्ने हजारो मान्छे बिस्थापित भएको थियो l गाउपालिका अध्यक्ष अरुण कुमार साह , वार्ड अध्यक्ष धर्मनाथ जैसवाल , केयर नेपालका केशव भट्ट ,आर डी सी नेपालको पारस हुस्सैन , आलोक कुमार सिंह , जफिर अख्तर लगायतको उपस्थितिमा ति परिवारहरुमा राहत वितरण गरिएको हो l

Recommended For You

Leave a Reply