युएनएफपीएले तिन हजार भन्दा बढी मर्यादा सामग्री वितरण गर्दै

श्रावन ५ ,२०७६ रौतहट
बाढी प्रभावित रौतहटका स्थानीय तहहरुमा युएनएफपीएको सहयोगमा करिब तिन हजार भन्दा बढी डिग्निटी किट वितरण भैरहेको छ l बिभिन्न पालिकाहरुको सहकार्य र समन्वयमा सो सामाग्रीहरु वितरण भैरहेको छ l बाढी र अविरल बर्षाले किशोरी ,सुत्केरी र गर्भवती महिला अत्याधिक प्रभावित भएकोले राहत स्वरूप मर्यादा सामग्री वितरण भैरहेको युएनएफपीएका रौतहट प्रतिनिधि भवनाथ झाले बताउनु भएको छ l बाढीले सबभन्दा बढी प्रभावित बनेको गौर , राजदेवी , राजपुर , इश्नाथ , यमुनामाइ , दुर्गा भगवती लगायातका पालिकाहरु धेरै प्रभावित भएको हो L युएनएफपीएले पहिलो चरणमा स्थानीय तहहरुको सहकार्यमा डिग्निटी किटहौ वितरण गरिरहेको छ l

Recommended For You

Leave a Reply