बाध मर्मत र पुनर निर्माणको काममा जुट्न नेता रेवन्त झाको मांग

श्रावन ५ ,२०७६ रौतहट
जिल्ला विपद ब्यबस्थापन समिति रौतहटको बैठकमा अब पुनर निर्माणको चरणमा प्रवेश गर्नु पर्ने मांग उठेको छ l आज बसेको बैठकमा पुनर निर्माणको बिषयले प्रवेश पाएको हो l बिभिन्न पालिकाका प्रमुखहरु सहित राजनीतिक दलका अगुवाहरु , नागरिक समाज , पत्रकार, बिभिन्न गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा बसक बैठकमा बोल्दै समाजवादी पार्टीका नेता रेवन्त झाले अब पुनर निर्माणको चरणमा प्रवेश गर्नु पर्ने धारणा राख्नु भएको थियो l वहाले तत्कालै घर बिहिनहरुको घर निर्माण गर्नु पर्ने भन्दै टुटेको भौतिक संरचनाहरुको पनि मर्मत आवशयक रहेको बताउनु भएको छ ल नेता झाले नेपालि भू भागमा रहेका बकिया तथा बाग्मतीका बाधहरुको मर्मत आवश्यक रहेको भन्दै बाढीको दिर्घकालिन बिकल्प खोज्न आग्रह गर्नु भएको छ l प्रमुख जिल्ला अधिकारि किरण थापाको अध्यक्षतामा सो बैठक गौरमा रहेको जिल्ला समन्वय समितिको सभा हलमा भएको थियो l बैठकमा बोल्दै अधिकांश बक्ताहरुले बाधहरुको मर्मत गर्नुको साथै पिदिथार्को लागि ठोस योजनाको मांग गर्नु भएको छ l

Recommended For You

Leave a Reply