बाढ़ प्रभावित क्षेत्रमा पुनर निर्माण सरकारको प्रमुख प्राथमिकता – मन्त्रि थापा

श्रावन ७ रौतहट
महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रि थममाया थापाले बाढ़ प्रभावित क्षेत्रको पुनर निर्माण सरकारको प्रमुख प्राथमिकता रहेको बताउनु भएको छ l मन्त्रि थापाले बाढी आउने बितिक्कै सरकारले समाज कल्याण परिषदको माध्यमले गैर सरकारी संघ संस्था र दात्रि निकायहरुलाई समेत प्राथमिकताका साथ् काम गर्न आग्रह गरिसकेको भन्दै मन्त्रि थापाले जनताको पिडामा सरकार नागरिक संगै रहेको बताउनु भएको छ l मंगलवार रौतहटको राजदेवी नगरपालिका वार्ड नम्बर ५ पताहिमा आयोजित राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि थापाले सो कुरा बताउनु भएको छ l अक्सफाम नेपाल , डब्लु एच एच , आसमान र ग्रामिण बिकाश केन्द्र रौतहटको संयुक्त आयोजनामा सो राहत वितरण समारोहको आयोजना गरिएको थियो l समारोहका बीच ८२ बाढ़ पिडित परिवारमा राहत वितरण गरिएको हो l बाढी बाट अति प्रभावित घरधुरीलाई सरसफाई सामग्री ,भाडा वर्तन ,त्रिपाल लगायातका सामानहरु वितरण गरिएको हो l वितरण समारोहमा संघीय सांसद सरला यादव , ग्रामिण बिकाश केन्द्र का पारस हुसैन , आलोक कुमार सिंह , प्रधुमन कडेल लगायतकाहरुको सहभागिता रहेको थियो l

Recommended For You

Leave a Reply