विपदको समय गौर नगरपालिकाले आफ्नो सबै संयन्त्र प्रयोग गर्यो – प्रवक्ता शेख जम्शेद

२५ श्रावन २०७६ , रौतहट
विनाशकारी बाढबाट प्रभावित गौर नगरपालिकाले बाढ प्रभावितको लागि आफ्नो सबै सयन्त्रको प्रयोग गरेको बताएको छ l गौर नगरपालिकाका प्रवक्ता शेख जम्शेदले गौर नगरपालिकाले बाढ प्रभावित नगरवासीको उदार देखि राहत सम्मको काममा आफ्नो सम्पूर्ण संयन्त्रको प्रयोग गरेको भन्दै पुनर निर्माणको समयमा पनि आफनो सम्पूर्ण शक्तिको प्रयोग गर्ने बताउनु भएको छ l बाढी आए लगतै आफुहरु उदारको काममा सक्रिय भैलागेको र नगर प्रहरी र स्थानीय प्रशासनसंगको सहकार्यमा ५ सय भन्दा धेरैको बिभिन्न ठाउहरु बाट उदार गरिएको बताउदै प्रवक्ता जमशेदले राहत वितरणको कामपनि नगरपालिकाले युद्ध स्तरमा संचालन गरेको बताउनु भएको छ l जिल्लामै गौर नगरपालिका बाढीले सबभन्दा धेरै प्रभावित रहेकोले राहत तथा पुनर निर्माणको काममा समस्या भैरहेको भन्दै आफुहरुले समस्या समाधानको लागि काम गरिरहेको बताउनु भएको छ l यता गौर नगरपालिकाको मेयर अजय गुप्ताले गौर नगरपालिकाले आफ्नो सबै सयन्त्रलाइ परिचालन गरेको भन्दै आगुहरुको पुर्ब तैयारिले दर्जनो ज्यान जोगाउन सकिएको बताउनु भएको छ ल गौर नगर क्षेत्रमा अहिले सम्म करिब ३५०० त्रिपाल वितरण भैसकेको नगरपालिका स्रोतले जनाएको छ l गौर नगरपालिकाले आफै २२०० भन्दा धेरै त्रिपाल वितरण गरिसकेको छ l बाढीमा परि गौरमा २ जनाको ज्यान गएको थियो l मृतक परिवारलाई गौर नगरपालिकाले प्रति परिवार १ लाख १५ हजारका दरले राहत उपलब्ध गराइसकेको छ l

Recommended For You

Leave a Reply