एसिड पिडित खातुन बहिनीको लागि न्याय को माग गर्दै रौतहट सदरमुकाम गौर मा प्रदर्शन

रौतहट, भदौ २२: विरगंज स्थित रेशमकोठीको त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत १५ वर्षीया मुस्कान खातुनमाथि शुक्रबार विहान ६ बजेतिर गणेशमानचोक नजिकै एसिड प्रहार गर्ने दोषीलाई कडा भन्दा कारवाही तथा पीडित किशोरीको उचित न्याय र क्षतिपूर्तिको माग गर्दै गौरको संचारकर्मी सहित युवा नेताको टोलीले विरोध प्रदर्शन गरेका हुन् ।
एसिड आक्रमणबाट उनको मुहार र शरिरको विभिन्न भाग जलेको छ । उनको उपचार अहिले अस्पतालमा भईरहेको छ भने विभिन्न राजनीतिक दलका नेताहरु समेत भेटघाट गरेका छन् । खातुनको उपचारको लागि प्रदेश सरकारले ५ लाख रुपैयाँ दिने घोषणा समेत गरेको हो । प्रेम प्रस्ताव अस्विकार गर्दा खातुनमाथि एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । अभियुक्त अहिले प्रहरी हिरासतमा रहेका छन् ।
सदमुकाम गौरको सचेता युवा पत्रकाहरुको सहभागितामा मधेशी क्रान्ति चौकमा करि अधा घण्टा, एसीड आक्रमनकारीलाई फासी देऊ, पिडित मुस्कानलाई न्याय देउ, आक्रमनकारीलाई कार्यवाही गर भन्ने नाराका साथ प्रदर्शन गरिएको हो । उक्त प्रदर्शनमा संचारकर्मी धर्मेन्द्र साह, दिनेश संगम,सन्तोष पौडेल, प्रविन पाण्डे,अजित कर्ण, चंचल झा, दिलिप पाण्डे, जितेन्द्र दास, सहित युवाहरु अजय यादव, सोनु महतो, नरेन्द्र बैठा, रन्जीत पटेल को सहभागिता रहेको थियो ।

Recommended For You

Leave a Reply