समाजवादी पार्टी रौतहटका नेताहरु सांसद प्रभु साह बिरुद्ध आक्रामक

कार्तिक १३ २०७६
समाजवादी पार्टी रौतहटका नेताहरु ने क पा सांसद प्रभु साह बिरुद्ध आक्रमक बनेको छ l बुधवार रौतहटको देवाही गोनाही नगरपालिकाको गोनाही बजारमा आयोजित शुभ कामना कार्यक्रमको क्रममा समाजवादी पार्टीका नेताहरु नेकपा सांसद साह बिरुद्ध कडा रुपमा प्रस्तुत भएको हो l पछिल्लो समयमा नेता साह प्रदेश नम्बर २ सरकार र मधेशवादी नेता बिरुद्ध अभिव्यक्ति दिदै आउनु भएको छ l समाजवादी पार्टी देवाही गोनाहीले आयोजना गरेको शुभ कामना आदान प्रदान कार्यक्रमलाइ सम्बोधन गर्दै प्रदेश नम्बर २ का भुमि ब्यब्श्था कृषि तथा सहकारी राज्य मन्त्रि योगेन्द्र यादवले सांसद साहले कतिपय अवश्थामा एउटै योजनाको दोहरो तेहरो भुक्तानी लिने गरेको आरोप लगाउनु भएको छ l नेकपाको नेतृत्वमा रहेको संघिय सरकारको असहयोगको कारण प्रदेशहरुले अपेक्षित काम गर्न नसकेको स्वीकार गर्दै नेता यादवले अरु प्रदेशहरुको तुलनामा प्रदेश २ सरकार गतिशील रहेको र मधेश आन्दोलनको भावना अनुसार काम गरिरहेको दावी गर्नहु भएको छ l सोहि कार्यक्रमलाइ सम्बोधन गर्दै समाजवादी नेताहरु राम किशोर यादव, रेवन्त झा, ब्रिज किशोर यादव , धर्मेन्द्र पटेल लगायतका नेताहरु ले पनि नेकपा सांसद साह माथि आक्रामक ढंगले प्रस्तुत हुनुभएको थियो l स्थानीय नेता ब्रह्मदेव पटेलको अध्यक्षतामा भएको कार्यक्रम सम्पन्न भएको थियो l

Recommended For You

Leave a Reply