तत्काल सरकार छोडन समाजवादी नेता रेवन्त झाको मांग

गौर , कार्तिक २८ ,२०७६
समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य रेवन्त झाले आफ्नो पार्टीलाई तत्काल सरकार छोड्नु पर्नेमा जोड दिनुभएको छ l पार्टीको प्रथम संघिय परिषद्को बैठकमा बोल्दै नेता झाले पार्टी सरकारमा भएपनि मधेशी आदिवासी जनजातिको समस्या समाधान नभएको भन्दै सरकारमा रहिरहनुको अर्थ नरहेको बताउनु भएको छ l पार्टीको संघीय अध्यक्ष डाक्टर बाबुराम भट्टराईले प्रस्तुत गर्नु भएको राजनीतिक प्रतिवेदन प्रति टिप्पणी गर्दै नेता झाले प्रतिबेदनले पनि सरकारमा रहनुको औचित्य पुष्टि गर्न नसकेको बताउनु भएकोछ l २ बुंदे सम्झौता गर्दै सरकारमा गएपनि समिधान संसोधनको लागि हाल सम्म भएको प्रगति विवरण पनि प्रतिवेदनमा समेटिनु पर्ने वाहाको जिकिर रहेको छ l ” पार्टी संघिय सरकार मा रहेको छ l प्रदेश नम्बर २ मा आफ्नै पार्टीको नेतृत्वमा सरकार रहेपनि प्रदेशमा कर्मचारी ब्यबस्थापन देखि अन्य समस्याहरु पनि समाधान हुन्नसकेको छैन , सरकारमा रहेको कसरि मह्सुसु गर्ने ? ” वहाको प्रश्न रहेको छ l निर्वाचनको समय नजदिक भएपछी सरकार छोड्नुको अर्थ नरहेको भन्दै तत्काल सरकार छोडी संघर्षको बाटो रोज्नु पर्ने वाहाको तर्क रहेको छ l

Recommended For You

Leave a Reply