प्रदेशका किशानहरु प्रति सरकार संबेदनशील – मन्त्री साह

गौर , ५ मंशिर २०७६
प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश नम्बर २ सरकार किशान प्रति संबेदनशील रहेको बताउनु भएको छ l कृषि क्षेत्रलाई औद्योगिकीकरण र बेरोजगार युवाहरूलाई आत्मनिर्भर बनाउनुका लागी अब केही दिनमै हरेक खेतमा पानी र हरेक घरमा रोजगार दिने योजनाका साथ् सरकार अगाडी बढेको वहाले बताउनुभएको छ l

रौतहट सदरमुकाम गौरमा पशु सेवा कार्यालय रौतहट, जिल्ला मत्स्य ब्यबसायी संघ र माछा ब्लोक राजदेवीले सयुंक्त रुपमा आयोजना गरेको बिश्व मत्सय दिवस समारोह कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं २ को कृषिमन्त्री साहले कृषि क्षेत्रको विकास गरेर आर्थिक प्रवद्र्धन गर्ने प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए । उनले संघिय सरकारसित समन्वय र सहयोगमा प्रदेशको कृषि क्षेत्रको सम्भावनालाई अनुकुलित रूपमा कार्यान्वयन गर्दै औद्योगिक र व्यापारीकरण तथा बेरोजगार युवाहरूलाई रोजगारिकरन गर्ने दिशामा अगाडि बढाउने बताए ।

निर्यातकर्ताका रूपमा रहेको प्रदेश नम्बर २ का किसान अहिले आफ्नै कृषिमा आत्मनिर्भर बन्न नसकेको बताउँदै मन्त्री साहले कृषि, सिँचाइ, मल, मत्सय पालन, उन्नत बीउ विजन लगायत किसानलाई आवश्यक सामग्री समयमा उपलब्ध हुन नसकेकाले कृषि क्षेत्रबाट आर्थिक प्रवद्र्धन हुन नसकेको मन्त्री साहले बताए । तर अब किसानलाई चिन्ता लिनु नपर्ने भन्दै प्रदेश सरकारले अब सबै समस्या समाधान गर्ने बताउनुभएको छ l
प्रदेश नं २ को ८ जिल्लामा ८० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिन आकासेपानीका भरमा खेतीपाती भइरहेकाले प्रदेश सरकारले किसानलाई कृषि क्षेत्रमा प्रोत्साहित गर्न आधुनिक सिँचाइ प्रविधिको विकास गर्ने कृषिमन्त्री साहले बताए । यसका लागि आफ्नो प्रदेशमा प्रभावकारी सिँचाइ योजना सञ्चालन गर्ने बताए । ‘तराईमा सञ्चालित अधिकांश ठूला सिँचाइ आयोजना बन्द छन्, या त जीर्ण छन्’, मन्त्री साहले भने, ‘यी आयोजना प्रयोगमा ल्याउन ठूलो रकम खर्च हुने अवस्था छ, तर प्रदेश सरकारसित त्यति बजेट छैन, त्यसैले सिँचाइ सुविधाबिना कृषि क्षेत्रको विकास असम्भव छ ।’तर हामी प्रयासमा छौ ,वहाले दावी गर्नु भएको छ l

उनले प्रदेश सरकारले केन्द्र सरकारसित समन्वय गरी मझौला सिँचाइ योजना सञ्चालन गरी किसानको समस्या समाधान गरेर हरियाली खेत बनाउने योजना सुनाए । यसका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गरी औद्योगीकरण, आधुनिकीकरण र व्यावसायीकरण गर्दै देशलाई आर्थिक समृद्धितर्फ लैजाने मन्त्री साहले बताए । कृषिक्षेत्रमा आत्मनिर्भर बन्न सके गरिबीको अन्त्य गर्न सम्भव छ,, मन्त्री साह भन्छन्, ‘राज्यको कमजोर नीतिका कारण कृषि क्षेत्र ओझेलमा परेको हो ।’ राज्यले चामल आयात गर्न दिने तर धान आयात गर्न रोक लगाउने नीतिप्रति असन्तुष्टि जनाउँदै धान आयात गरेर चामल उद्योग फस्टाउने गरी प्रदेश सरकारले आत्मनिर्भर बन्ने नीति ल्याउने बताए ।

निर्वाहमुखी कृषि प्रणालीको अन्त्य गर्दै आधुनिक कृषि प्रणालीको कार्यान्वयन गर्ने आवश्यक सबै काम गर्ने प्रतिबद्धता समेत जनाए । कृषि क्षेत्र संकटमा परे, अर्थतन्त्र खतरामा पर्छ, उनले भने, ‘म किसान हुँ भन्दा अर्को व्यक्तिले किसान गरिब हुन्छन्, फाटेको लुगा लाउँछन्, भन्ने मान्यता अन्त्य गरी किसान धनी, उद्योगी हुन्छ भन्ने बनाउनुपर्छ ।’

बिश्व मत्सय दिवस समारोहलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य राम किशोर राय यादवले भने किसान तथा युवाहरूलाई बिकास तथा बिस्तार गर्नुपर्ने प्रदेश सरकार संग आग्रह गरे । प्रदेश सरकारले किसान तथा बेरोजगार युवाहरुको लागि कृषि, सिँचाइ, मल, मत्सय पालन, उन्नत बीउ विजन लगायत विषय समस्यालाई समाधान गरे भने प्रदेशको किसान र युवा बिदेश जादैन भने सदस्य यादवले जिकिर गरे ।

सो कार्यक्रममा देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेल, माधव नारायण नगरपालिका, गरुडा नगरपालिकाका नगर प्रमुख इनु राय यादव, बौधिमाइ नगरपालिकाका नगर प्रमुख राजिव रन्जन यादव, समाजवादी पार्टीका नेता श्याम बिहारी, जिल्ला समन्वय समितिका उप प्रमुख राम बसिशठ राय यादव, नेता बृजकिशोर यादव , महिला संयोजन सोभा साह लगायतका नेता तथा मत्सय किशानहरुको सहभागीता रहेकोे थियो । सोहि कार्यक्रमका बीच दर्जनो किशानहरुलाई सम्मान गरिएको माछा ब्लोक राजदेवीका राधेश्याम साहले बताउनु भएको छ l

Recommended For You

Leave a Reply