जिल्ला अस्पताल गौर जाहा प्रसुति बाहेकको बिरामी नै जादैन l

१७ पौष २०७६ , रौतहट
बाहिरबाट हेर्दा भब्य र सुबिधा सम्पन्न देखिने जिल्ला अस्पताल गौरको अवश्था कति दयनीय छ भन्ने कुरा एउटा तथ्यांकले पुष्टि गरेको छ l अस्पतालबाट गत आर्थिक बर्षमा इन्डोर सेवालिने बिरामी संख्या हेर्दा अस्पताल भित्र प्रसुति गराउन बाहेकको बिरामीहरु नाएको देखिएको छ l अस्पतालबात गत आर्थिक बर्ष भित्र करिब २४९६ जाना बिरामीले इन्डोर सेवा लिएकोमा करिब ९९ प्रतिशत बिरामी प्रसुति सेवाको लागि अस्पताल भर्ना भएको देखिएको छ l केवल ६ जना पुरुषले सो अबधिमा इन्डोर सेवा लिएको तथ्यांकले बताएको छ l यस सम्बन्धमा अस्पताल बिकाश तथा संचालन समितिका अध्यक्ष शेख जमशेदले तत्कालिन समयमा अस्पताल भित्र मानबिय स्रोत र उपकरणहरुको समेत अभाव रहेकोले समस्या देखिएको भन्दै अहिले अस्पताल भित्र ब्यापक सुधार भएको बताउनु भएको छ l

Recommended For You

Leave a Reply