बज्जिका भाषाको पहिलो होली गित सार्वजनिक रौतहट

,१३ फाल्गुन २०७६

चंचल झा

मैथली,भोजपुरी भाषाको विकासको लागि विभिन्न गित बन्दै आएकोमा अहिले आएर बज्जिका भाषाको चौतर्फी विकासको लागि बज्जिका भाषामा पनि गित बन्न थालेको छ । रौतहटका स्थानिय गायक कलाकारले समय समयमा विभिन्न गित सार्वजनिक गर्दै आएकोमा पहिलो होली गित सार्वजनिक भएको छ । आज भन्दा करिब एक दशक अगाडी बज्जिका भाषामा बनेको पहिलो “हमर सईया काहे न समझईत बा” नामको एल्बम निकाली सकेका स्थानिय गायक तथा नायक सुरज मिश्राको स्वरमा बज्जिका भाषामा पहिलो होलीको “मधेस वाला होली खेलई छी” बोलको गित सार्वजनिक भएको छ । रामविश्वास मुखियाको शब्द रहेको तराई मधेसको संस्कृति झल्किने गितमा संगित प्रविण सोनीको रहेको छ । बज्जिका भाषामा बनेको पहिलो सर्ट फिल्म “दहेज”मा समेत नायकको भुमिका निर्वाह गरेका मिश्राले अगामी दिन ठुलो पर्दाको चलचित्र निर्माण गर्ने लक्ष्य रहेको बताए । गितका लेखक मुखियाले भने,आफ्नो मातृभाषाको प्रचार प्रसार गर्नुको साथै संस्कृतिको संबद्र्धन र संरक्षण गर्ने सोचले काम गरि रहेको बताए । अगामी दिनहरुमा अझै गितहरु लेख्ने बताए । पहिलो बज्जिका होली गित गाउने गायक मिश्रा रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नम्बर ४ पचरुखी निवासी हुन । सानै देखि गित संगितमा रुची राख्ने मिश्रा अहिले बैंलौरमा सिभिल ईन्जिनियरिंगमा अध्यनरत हुन् । केहि दिन अगाडी मिश्राको अगामी चलचित्र “आर पार”को ट्रेलर सार्वजनिक भएको थियो । यो होली गित भन्दा अगाडी पनि स्थानिय गायक रबिन्द्र पटेल,चन्दन पटेल चाँद अली,सुरज नारायण झाले समेत बज्जिका भाषमा दर्जनौ गित सार्वजनिक गरि सकेका छन् ।

Recommended For You

Leave a Reply