इम्पैक्ट नेपाल द्वरा लाखौको सुरक्षा सामग्री हस्तान्तरण ।

जेठ १ २०७६

इम्पैक्ट नेपाल रौतहटले कोरोना महामारीबाट जोगिन भन्दै रौतहटका स्थानिय तहहरुलाई विभिन्न सुरक्षा सामग्रीहरु हस्तान्तरण गरेको छ।बुधवार इम्पैक्ट नेपाल रौतहटका प्रमुख हरेश्याम झाले गौर र परोहा नगरपालिकालाई करिब १२ लाख बराबरको सुरक्षा सामग्रीहरु हस्तान्तरण गर्नु भएको हो।एक कार्यक्रमका बिच सो सामग्रीहरु हस्तान्तरण गरिएको हो।गौर नगरपालिकाको सभा हलमा सुरक्षा सामग्रीहरु गौर नगरपालिकाका प्रमुख अजय गुप्ता,उप प्रमुख किरन ठाकुर लगायतलाई हस्तान्तरण गरिएको हो।गौर नगरपालिकालाई एन95 मास्क १०० थान,३ प्लाई सर्जिकल मास्क १०००, प्रोटेक्टिव प्लस सेट ५० थान,एक्जामिनेसन ग्लवस १०,०००थान र प्रोटेक्टिव ग्लवस ५० थान हस्तान्तरण गरिएको इम्पैक्ट नेपालका रौतह्ट प्रमुख हरेश्याम झाले जानकारी बताउनु भएको हो।सामग्री बुझ्दै गौर नगरपालिकाका प्रमुख अजय गुप्ताले इम्पैक्ट नेपाललाई धन्यवाद र अभार प्रकट गर्नुभएको थियो।यस्तै बुधवारनै परोहा नगरपालिकालाई पनि सोही मात्रामा सामग्रीहरु हस्तान्तरण गरिएको हो।परोहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत ॐ प्रकाश यादवलाई सो सामग्री हरु हस्तान्तरण गरिएको हो।कोरोनाको महामारी बढेसङ्गै स्वास्थय केन्द्र लगायतका ठाउमा सुरक्षा उपकरनको अभाव हुदा इम्पैक्ट नेपालले सामग्रीहरु हस्तान्तरण गरेको हो।

Recommended For You

Leave a Reply