ससस्त्र प्रहरी जवानले रक्तदान गरेपछि सुत्केरीले पायो जीवनदान

रौतहट गौर
७ जेठ २०७७
जिल्ला अस्पताल गौरमा उपचाररत एक जना महिलालाई रगतको अभाव भएपछी एक जना ससस्त्र प्रहरीले रक्तदान गरेको छ l जीवन मरणको लडाईमा रहेका बेला गौर वार्ड नम्बर ६ का एक जना महिलालाई ससस्त्र प्रहरी जवान मनोज बडालले रक्तदाङ गरि जीवनदान दिनु भएको हो l गौर अस्पतालमा सुत्केरीको लागि पुग्नु भएकी सो महिलालाई अप्रेशन गराउनु पर्ने आवश्यक भएपछी रगतको समेत जरुरि परेको र सो समयमा ससस्त्र प्रहरीले खेलेको भूमिका प्रति महिलाको परिवारले खुसि ब्यक्त गर्नु भएको छ l यसै बीच अस्पताल ब्यबस्थापन तथा संचालन समितिका अध्यक्ष शेख जम्शेदले ससस्त्र प्रहरीले रक्तदान गरेर आफ्नो सामाजिक दायित्वको उच्चतम प्रदर्शन गरेको भन्दै आउदो दिनमा पनि ससस्त्र प्रहरीको यस्तै ब्यबहारको अपेक्षा रहेको बताउनु भएको छ l

Recommended For You

Leave a Reply