
अशाढ १६ २०७६
कोरोना महामारिको प्रकोपका बिच भएको लामो समयको लकडाउनले अति प्रभावित बनेका राजदेवी नगरपालिकाका करिब २५० अति बिपन्न परिवारलाई खाद्यान्न बाडिएको छ।W F Aid को आर्थिक सहयोग र इस्लामिक रिलिफ तथा ग्रामिण बिकाश केन्द्र गौरको सह्कार्यमा उक्त खाद्यान्नहरु बाडिएको छ।मङलवार राजदेविमा खाद्यान्न हरु बाडिएको छ।लकडाउनको समयमा राहत बाड्ने समयमा आयोजक संस्थाले समाजिक दुरि र सेनिटाइजेसनको ब्यब्स्थापन गरेको थियो।राहत स्वरुप चामल २५ किलो ,दाल ३ किलो,तेल २ लिटर,,चिनी २ किलो,नुन २ किलो र साबुन ४ पिसका दरले बितरण गरिएको परियोजनाका कार्यक्रम संयोजक शिबजी महतोले बताउनु भएको छ।निरन्तरको लकडाउन पछि अति प्रभावित बिपन्न परिवारलाई सो संस्थाले पटक पटक सहौओग गर्दै आएको हो।