राजदेवि नगरपालिकामा फेरि बिबाद,उप प्रमुख माथी कार्यवाहि गर्न नगरप्रमुखको माङ्ग,उप प्रमुखको आफ्नै दावी।

अशाढ १७ २०७७

राजदेवी नगरपालिका फेरि बिबादमा परेको छ।नगर उप प्रमुख अंशु सिंह र वार्ड नम्बर ९ का वार्ड अध्यक्ष पुलिन्द्र दासले नगर प्रमुखको कार्यकक्षमा लगाइएको तल्चा फुटाए पछि सो नगरपालिका फेरि बिबादमा मुछिएको हो।नगर प्रमुख कार्यलयमा अनुपस्थित रहेको समयमा नगर उप प्रमुख अंशु सिंह नेतृत्वको टोलिले मङलवार नगर प्रमुखको कार्यकक्षको ताल्चा फुटाएको थियो।यसै बिच नगर प्रमुख धिरेन्द्र सिंहले एक प्रेस बिज्ञपति निकाली नगर उपप्रमुख र वार्ड अध्यक्ष माथी कार्यवाहिको माङ्ग गर्नु भएको छ।

आफू कार्यालयमा नर्हेको समय यसरी हिन्शात्मक गतिबिधी हुनु विधि र लोकतान्तृक प्रकृया र उप प्रमुखको पदिय मर्यादा बिपरित रहेको भन्दै नगर प्रमुख सिंहले कार्यवाहिको माङ्ग गर्नु भएको हो।

यता नगर उपप्रमुख अंशु सिंहले आफुले बाध्यात्मक परिस्थितिमा ताल्चा फुटाउन बाध्य भएको प्रतिकृया दिनुभएको छ।नगर प्रमुखको कार्यकक्ष ,कार्यकक्ष सङै कार्यपालिकाको बैठक कोठा समेत रहेको र कार्यपालिका सद्स्यहरुलाई बस्ने बतावरण मिलाउन आफुले ताल्चा फुटाएकी बताउनु भएको छ।वाहाले सो कोठाको साचो खोज्दा नपाएपछी आफुले सो साचो हराएको बुझेर ताल्चा फुटाएको बताउनु भएको छ।यश अघि पनि पटक पटक सो नगरपालिका भित्र बिबाद हुँदै आएको हो।

Recommended For You

Leave a Reply