अति बिपन्न परिवारलाई आर डि सि को सहयोग

अशाढ २४ २०७७

कोरोना महामारिको प्रकोपका बिच भएको लामो समयको लकडाउनले अति प्रभावित बनेका गरुडा र माधवानारयान नगरपालिकाका करिब ३०३ अति बिपन्न परिवारलाई खाद्यान्न बाडिएको छ।वर्ल्ड भिजन इण्टरनेशनल को सहकार्य र ग्रामिण बिकाश केन्द्र गौरको सह्कार्यमा नेपाल कभर परियोजना अन्तरगत उक्त खाद्यान्नहरु बाडिएको छ।बुधबार  एक कार्यक्मका बिच खाद्यान्न हरु बाडिएको छ।लकडाउनको समयमा राहत बाड्ने समयमा आयोजक संस्थाले समाजिक दुरि र सेनिटाइजेसनको ब्यब्स्थापन गरेको थियो।राहत स्वरुप चामल ३० किलो ,दाल ३ किलो,तेल २ लिटर,,चिनी २ किलो,नुन २ किलो र साबुन ४ पिसका दरले बितरण गरिएको परियोजनाका कार्यक्रम संयोजक राजेश चाैधरी  बताउनु भएको छ।निरन्तरको लकडाउन पछि अति प्रभावित बिपन्न परिवारलाई सो संस्थाले पटक पटक सहौओग गर्दै आएको हो। बितरणाकाे समयमा संस्थाका अध्यक्ष पारस हुसैन लगायतका हरूकाे सहभागिता रहेकाे थियाे ।

Recommended For You

Leave a Reply