क्वारेनटाईन सेन्टरहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

रौतहट अशाढ २९ २०७७

रौतहट जिल्लाका ४ वटा नगरपालिकाहरुमा रहेका बिभिन्न कोरेण्टाइनहरुमा स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ l राजपुर, परोहा, ईशनाथ र देवाही गोनाही नगरपालिकाहरूमा प्रवाशीहरुको लागि कोभिड १९ को प्रतिकार्यमा सरकारी क्षमता अभिबृद्धि परियोजना अन्तर्गत उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो l उक्त परियोजना कतार च्यारिटी, इस्लामिक रिलिफ, स्टार्ट फण्ड को सहयोगमा ग्रामिण विकास केन्द्र, लौकहा, रौतहट मार्फत संचालन भैरहेको छ। सो परियोजनामा चार वटै नगरपालिकाहरुमा संचालन भैरहेको क्वारेनटाईन सेन्टरहरुमध्ये २० वटामा अस्थायी चर्पी र नुहाउने स्थान निर्माण गर्ने, २० वटा खुट्टाले प्रयोग गर्न मिल्ने हाथ धुने स्टेशन जडान गर्ने , क्वारेनटाईन सेन्टरहरुमा बस्ने ब्यक्तिहरुको लागि हाइजीन कीट, डिगनिटी किट, पिपिई तथा अन्य सरसफाई सामाग्रीहरु वितरण गर्ने कृयाकलाप संचालन गरिरहेको छ। हालसम्म ८३७ जनालाई हाइजीन कीट, ११३ जनालाई डिगनिटी किट,३५ वटा पिपिई, १२ वटा क्वारेनटाईन सेन्टरहरुमा वाल्टीन, मग, लाइजोल, पियुष आदि अन्य सरसफाई सामाग्रीहरु वितरण गरिसकेको छ । १८ स्थानमा चर्पि निर्माणको कार्य भैरहेको र सम्पन्न हुने अवस्थामा रहेको तथा १५ स्थानमा खुट्टाले प्रयोग गर्न मिल्ने हाथ धुने स्टेशन जडान कार्य सम्पन्न भइसकेको र बाँकी ५ स्थानमा जडान हुने अवस्थामा रहेको संस्थाका अध्यक्ष पारस हुसैन ले बताउनु भएको छ l

Recommended For You

Leave a Reply