गौर अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरन

रौतहट अशाढ २९ २०७७

कोरोना महामारिको प्रकोपका बिच गौर अस्पताललाई ग्रामिण बिकाश केन्द्रले सहयोग गरेको छ l आइसुलेसन ब्यबस्थापनको लागि भन्दै आर डि सी नेपालले अस्पताल ब्यबस्थापन समितिलाई स्वास्त्य सामग्री हस्तान्रण गरेको हो l आइसुलेसनामा भएकाहरुको लागि भन्दै टावेल , साबुन, ब्रस, सेनेटरि प्याड,सेनिटाइजर , मास्क ,पियुष लगायातका समानहरु उपलब्ध गराइएको आर डि सी नेपालका कार्यक्रम संयोजक राजेश चौधरीले बताउनु भएको छ l वर्ल्ड भिजन इण्टरनेशनल को सहयोग र ग्रामिण बिकाश केन्द्र गौरको सह्कार्यमा नेपाल कभर परियोजना अन्तरगत उक्त स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको हो l यस्तै गरुडा नगरपालिकामा रहेका कोरेण्टाइन्हरुको लागि खाध्यान सहयोग गरिएको छ l सोहि परियोजनाको क्रममा खाद्यन सहयोग गरिएको हो l

Recommended For You

Leave a Reply