बिभिन्न १० सुत्रिय मांग राख्दै बृहत दलित आन्दोलनको घोषणा

१७ भाद्र २०७७ ,गौर
दलित युवक बिजय रामको प्रहरी हिरासतमै मृत्यु भएपछी विभिन्न माङ्गहरु राखी आन्दोलन थालेका निरन्जन राम र बिजय राम हत्याकान्ड संघर्श समितीले एक हप्ते आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ।गरुडामा आयोजित पत्रकार सम्मेलन मार्फत बृहत् जन प्रदर्शन सहितको प्रदेशब्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।घोषित आन्दोलनको कार्यक्रम अनुसार १७ गते कालोपटि बाधी बिरोध प्रदर्शन गर्ने,१८ गते गौरमा बिरोध प्रदर्शन र जिल्ला प्रशासन कार्यालय घेराउ,१९ गते गरुडामा लाठी झाडु जुलुस प्रदर्शन ,२० गते चन्द्रपुर देखि गौर सम्म राजमार्ग केन्द्रित प्रदर्शन ,२१ गते चन्द्रपुर देखि गौर सम्म राजमार्ग केन्द्रित लाठी,झाडु,खपरी, चलना बेलना सहितको जन प्रदर्शन र २२ गते प्रदेश राजधानी जनकपुरमा बिरोध प्रदर्शन र मुख्य मन्त्री कार्यालय घेराउ सहितको कार्यक्रमहरु रहेकोछ। समितिले मृतक निरन्जन राम र बिजय रामलाई सहिद घोषणा गरिनु पर्ने,हाल प्रहरी हिरासतमा रहेका ४ जना दलित युवकलाई निशर्त रिहा गर्नुपर्ने,दलित आयोग ,मानव अधिकार आयोगको प्रतिनिधित्व हुने गरि उच्च स्तरिय सन्सदिय छानबिन समिती गठन हुनुपर्ने,मृतक परिवारलाई क्षतिपुर्ती दिनुपर्ने लगायतका १० सुतृय माङ्ग हरु अगाडि सार्दै आन्दोलनको घोषणा गरेको हो।

Recommended For You

Leave a Reply