१८५ बाल श्रमिक परिवारलाई आर डि सी नेपालको खाद्यान सहयोग

१७ भाद्र २०७७ गौर
बिभिन्न कारणले इट्टा भठिमा बाल श्रमिकको जीवन बिताउन बाध्य रौतहटका १८५ परिवारलाई खाध्यान सहयोग गरिएको छ l विश्व शिक्षाको सहयोगमा ग्रामिण बिकाश केन्द्र आर डि सी नेपालले उक्त परिवारहरुलाई खाध्यान सहयोग गरेको हो l दुई अलग अलग कार्यक्रम गरि रौतहटका दुई स्थानिय तहहरु गरुडा नगरपालिका ९५ र यमुनामाई गाउपालिकाका ९० परिवारलाई राहत स्वरुप खाध्यान सहयोग गरिएको हो l राहत स्वरुप प्रति परिवार २५ किलो चावल, दुई किलो दाल , दुई किलो नुन , दुई किलो चिनी , २ लिटर तेल, ४ ओटा साबुन बितरण गरिएको छ l ग्रामिण बिकाश केन्द्र गौरका अध्यक्ष पारस हुसैनले एक कार्यक्रम बीच उक्त सहयोग सामग्रीहरु बितरण गर्नु भएको हो l

Recommended For You

Leave a Reply