लघु उधमनै समृद्धिको अधार हो – आर डि सि अध्यक्ष पारस हुसैन

असोज ६ २०७७,रौतहट ग्रामिण बिकाश केन्द्र गौरका अध्यक्ष पारस हुसैनले लघु उधमनै समृद्धिको प्रवेश बिन्दु रहेको बताउनु भएकोछ।चन्द्रनिगाहपुरमा रहेको होटेल काठमान्डौ गेस्ट हाउसमा सम्पन्न भएको ३ दिने एस आइ वाइ बि तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पारस हुसैनले सो कुरा बताउनु भएको छ।अध्यक्ष हुसैनले ग्रामिण महिलाहरुले स्वरोजगारको बाटो नअपनाए सम्म गरिबी,अभाव र बेथितिबाट उन्मुक्ती नहुने बताउदै तालिममा सहभागी भएकाहरु सङ्ग गाउँ फर्केर आर्थिक क्रान्तिको लागि उत्पादनमुलक काममा लाग्न जोड दिनु भएको छ।अक्स्फामको सहयोग र आर डि सि नेपालको आयोजनामा सन्चालित कृएटिङ्ग स्पेस परियोजनाको क्रममा उक्त तालिमको आयोजना गरिएको थियो। तालिममा भौतिक दुरि,सर सफाई लगायतका ब्यब्स्थामा विशेष ध्यान दिएको थियो।

Recommended For You

Leave a Reply