आर डि सी द्वारा स्थानिय तहहरु लाई पी पी इ सेट हस्तान्तर

२१ अशोज २०७७ गौर

कोरोना महामारीलाई ध्यानमा राख्दै ग्रामिण बिकाश केन्द्र गौरले स्थानिय तहहरुलाई पी पी इ सेट उपलब्ध गराएको छ l जिल्ला समन्वय समिति गौरको सभाकक्षमा एक समारोहका बीच माधव नारायण र गरुडा नगरपालिकालाई २० – २० सेट पीपीइ हस्तानतरण गरिएको हो L वर्ल्ड भिजनको सहयोगमा ग्रामिण बिकाश केन्द्र गौरले सो सामाग्रीहरु हस्तान्तरण गरेको हो l सो सामग्री
हरु ग्रामिण बिकाश केन्द्र गौरका कोषाध्यक्ष ममता झा र कार्यक्रम संयोजक राजेश चौधरीले संयुक्त रुपमा जिल्ला समन्वय समिति रौतहटका सभापति राम एकवाल यादवलाई हस्तान्तरण गरिएको थियो l यस्तै जिल्ला प्रशासन कार्यालय गौर र जिल्ला समन्वय समति गौरालाई समेत १० – १० सेट पीपीइ उपलब्ध गराइएको हो l कोरोना महामारी बिरुद्ध अग्रपंतिमा रही खटेका चिकित्सक तथा क्रमचारीहरुको लागि सो समान हस्तान्तरण गरिएको हो l सो क्रममा गरुडा नगरपालिकाका स्वास्थ्य संयोजक जनार्धन झा ,माधव नारायण नगरपालिकाका स्वास्थ्य सह संयोजक प्रमोद साह लगायतका व्यक्तिहरु सहभागी हुनु भएको थियो l यस अघि पनि लकडाउनको क्रममा वर्ल्ड भिजनले ग्रामिण बिकाश केन्द्र गौरको सहकार्यमा अति बिपन्न परिवारका बीच खाध्यान समेत उपलब्ध गराएको थियो l

Recommended For You

Leave a Reply